बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर जिल्ला प्रशासन घेराउ गर्न पुगेका युवकलाई प्रहरीले रोक्यो

सोमबार, २२ भदौ २०७७, १५ : ०६
सोमबार, २२ भदौ २०७७

काठमाडौं । ललितपुुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीले तितरबितर पारेको छ । गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्नेक्रममा पक्राउ परेका युवाहरुलाई रिहाई गर्न माग गर्दै सोमबार बिहान स्थानीय केही युवाहरु प्रशासन कार्यालय घेराउ गर्न पुगेका हुन । 

विहान करिब ११ बजे जिल्ला प्रशासन कार्यालय पुगेका युवाहरु धर्नामा बस्न थालेपछि प्रहरीले रोकेको हो । प्रहरीले धर्नामा बस्न नदिएपछि युवाहरु प्रहरी नभएको स्थानमा भेला भएको देखिन्छ । अहिले प्रशासन कार्यालय आसपास क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन भएको छ ।

गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना जबरजस्ती मत्स्येन्द्रनाथको रथ तानेपछि ललितपुरको पुलचोकमा दिनभर विवाद उत्पन्न भएको थियो । युवाहरुले ट्राफिक प्रहरीलाई समेत कुटपिट गरेका थिए । कुटपिटमा उत्रिएका केही युवाहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप