अखिल क्रान्तिकारीका ८ टोली ८ जिल्लामा व्यस्त
काठमाडौ–माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी दुई नं प्रदेशमा माओवादी केन्द्रका उम्मेदवारलाई मत माग्न व्यस्त बनेको छ । क्रान्तिकारीको टोली उम्मेदवार र अन्य कार्यकर्तासँगै घरदैलोमा पुगेर मत माग्न व्यस्त बनेका हुन् ।
एकताको २१औं राष्ट्रिय सम्मेलन सकेलगत्तै क्रान्तिकारीका नेताहरु २ नं प्रदेशका आठवटै जिल्लामा आठ वटा टोली बनाएर चुनावी गतिविधिमा खटिएको महासचिव उत्तम अधिकारीले बताए ।
अध्यक्ष रन्जित तामाङ र आफु पर्सा र बारामा खटिएको अधिकारीले बताए । भदौ २५ गतेबाट तामाङ र अधिकारीको टोलीले पर्साको ठोरी गाउँपालिकाबाट प्रचार प्रसार सुरु गरेको थियो । त्यस्तै उपाध्यक्ष इन्द्र भुसालको नेतृत्वको टोली सप्तरी, उपाध्यक्ष दिपेश पुनको नेतृत्वमा सिरहा, उपाध्यक्ष रविकिरण यादव नेतृत्वको टोली धनुषाको चुनावी गतिविधिमा सक्रिय रहेको यादवले बताए ।
त्यसैगरी महोत्तरीमा उपाध्यक्ष विजय गौतम नेतृत्वको टोली खटिएको छ । सर्लाहीमा उपाध्यक्ष सुरेन्द्र बस्नेत, रौतहटमा उपाध्यक्ष तिलकराज भण्डारी, र पर्सामा उपाध्यक्ष दिपक देवकोटाको नेतृत्वको टोली मत माग्न घरदैलोमा व्यस्त बनेको छ । त्यस्तै उपाध्यक्ष पंन्चा सिंह नेतृत्वको टोलीले बाराका विभिन्न गाउँपालिका र नगरपालिकामा उम्मेदवारसँगै घरदैलोमा भोट माग्न तल्लीन रहको छ ।
घरदैलोमा व्यस्त सिंहले शुक्रबार रातोपाटीसँग टेलिफोनमा भनिन् ‘दोस्रो संविधान सभा निर्वाचन भन्दा यो निर्वाचनमा माओवादीको पक्षमा जनमत धेरै छ ।
मधेशले पाएको अधिकार सबै माओवादीका कारण भएकाले मतदाताले माओवादीका उम्मेदवारलाई मत हाल्ने पक्का छ ।’ सिंहको टोली बाराको सिमरा उपमहानगरपालिका,कलैया उपमहानगरपालिका र निजगढ नगरपालिकाको घरदैलोमा एक साताबाट खटिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा