अर्घाखाँचीमा थुनामा रहेका व्यक्तिको मृत्यु
सोमबार, २२ भदौ २०७७, १४ : ०३
अर्घाखाँची । जिल्ला कारागार अर्घाखाँचीको थुनामा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय कैदी रामप्रसाद पाण्डेको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको कारागारका निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिए ।
मृतक पाण्डेलाई मुटुको समस्या थियो । शनिबार साँझ उनको शरीर एक्कासी सुन्निन थालेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले स्वास्थ्य अवस्था जटिल रहेको बताएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो । पाण्डेको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने
-
म्याग्दीमा टिपर दुर्घटना, एक जनाको मृत्यु
-
'वर्ल्ड प्रेस फोटो अफ द इयर' अवार्ड जित्ने गाजाको फोटोको कथा
-
अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्