गुल्मीमा अज्ञात समूहको आक्रमणबाट होटल मालिकको ज्यान गयो

गुल्मी । गुल्मीको छिनुवा खोलाको एक होटल मालिकको अज्ञात समूहले हत्या गरेको छ । गएराती अज्ञात समूहद्वारा लुटपाटपछि होटल मालिकमाथि कुटपिट गर्दा उनको ज्यान गएको हो । जिल्लाको इस्मा गाउँपालिका वडा नं २ हस्तिचौर घर भई वडा नं १ को छिनुवामा होटल गर्दै आएका २३ वर्षीय मोतिबहादुर कुँवरको सोमबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान कुँवर घाइते र अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए । मोति र दाजु यमबहादुर कुँवरले संयुक्त रुपमा होटल सञ्चालन गर्दै आएका थिए । यम बहादुरले आफु साँझ ९ बजे घर गएको र बिहान आउँदा भाईलाई रक्ताम्मे र अचेत अवस्थामा फेला पारेको बताए । कुटपिटबाटै ज्यान गएकाले थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठको भनाई छ ।
अचेत कुँवरलाई उपचारको लागि जिल्ला अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै ज्यान गएको हो । अस्पताल ल्याउँदा मृत्यु भइसकेकोले आफुहरुले मृत्यु घोषणा मात्रै गरेको गुल्मी अस्पतालका प्रमुख डा.उत्तम पच्याले बताए । अहिले जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी केदारराज पन्थको टोली घटनास्थलमा पुगेको र अनुसन्धान भैरहेको बताइएको छ ।
एसपी श्रेष्ठकाअनुसार त्यस होटलबाट ३५ हजार नगद , १० हजार बराबरको एनसेलको रेचार्ज कार्ड र ब्रान्डेट मदिराहरु समेत लुटिएको छ । सो ठाउँमा त्यही मात्र भर्खर खोलिएको एक मात्र होटल थियो । सो होटल नजिकै एक परिवारको घर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमालाई व्यवस्थित गर्न काम थालिसक्यौँ : मन्त्री पौडेल
-
कोशी प्रदेशसभामा उठ्यो भ्रष्टाचारी ठहरिएका पराजुलीको विषय
-
काठमाडौँबाट ठुलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित २ व्यक्ति पक्राउ
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’
-
भियतनाममा पनि पोखराकै जस्तो बेलुन विस्फोट, जन्मदिन मनाउँदा भयो यस्तो घटना
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’