शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण अमिताभ बच्चनसँग कहिल्यै काम गर्दैनन् राकेश रोशन

सोमबार, २२ भदौ २०७७, १३ : २१
सोमबार, २२ भदौ २०७७

दिग्गज निर्देशक, नायक, निर्माता, लेखक तथा सङ्गीतका राकेश रोशनले सेप्टेम्बर ६ तारिखमा आफ्नो जन्मदिन मनाए । राकेश रोशनले फिल्मी करियरको सुरुवात सन् १९७० को फिल्म ‘घर घर की कहानी’ बाट गरेका थिए । तर के तपाईंलाई थाहा छ ? राकेश रोशन किन अमिताभ बच्चनसँग काम गर्दैनन् ?

राकेश रोशन र अमिताभ सँगै काम नगर्नुको पछाडि एउटा ठूलो कारण छ । एक अन्तरवार्तामा राकेश रोशनले फिल्म किंग अंकलमा उनी अमिताभ बच्चनसँग काम गर्ने तयारीमा भएको बताएका थिए । राकेश रोशनका अनुसार ‘किंग अंकल’ उनकै लागि लेखिएको थियो । अमिताभ यो फिल्म गर्न राजीसमेत भएका थिए । पूरा स्क्रिन प्ले उनको लागि तयार गरिएको थियो तर अन्तिम समयमा अमिताभ केही नीजि समस्याले घेरिए । त्यसपछि उनले तीन–चार वर्ष ब्रेक लिने निश्चित गरे ।

त्यतिबेलादेखि राकेशले उनीसँग कुनै फिल्म साइन गरेनन् । तर अमिताभ र राकेश रोशनबीच मनमुटाव भने छैन । उनीहरु आज पनि एक–अर्कालाई निकै सम्मान गर्छन्  ।

राकेश रोशनको धेरैजसो फिल्म अंग्रेजी अक्षर K बाट सुरु हुन्छ । यसको पछाडि एउटा रोचक घटना छ । सन् १९८२ मा उनले ‘कामचोर’ बनाएका थिए जुन सुपर डुपर हिट भएको थियो । त्यसपछि उनले सन् १९८४ मा फिल्म ‘जाग उठा इंसान’ बनाए । जुन बक्स अफिसमा नराम्रोसँग फ्लप भयो ।

त्यसपछि सन् १९८६ मा राकेशले भगवान दादा बनाए । यो फिल्म राकेश रोशनका ससुरा जे ओम प्रकाशको निर्देशनमा बन्यो । फिल्ममा मुख्य भूमिका रजनीकान्तले निभाएका थिए । विशेष कुरा के हो भने भगवान दादाको मात्रै नभई यो ऋितिक रोशनको पनि पहिलो फिल्म थियो । उनले यो फिल्ममा बाल कलाकारको भूमिका निभाएका थिए ।

जब फिल्मको घोषणा भया तब उनका प्रशंसकले उनलाई थुप्रै पत्र पठाए । यसमा मानिसहरुले उनलाई फिल्मको नाम ‘के’ अक्षरबाट नै राख्न सुझाए । यसमा कामचोरको उदाहरण पनि दिइयो । तर राकेश रोशनले मानिसहरुको सुझावमाथि ध्यान दिएनन् । उनले यहि नामबाट फिल्म रिलिज गरिदिए । यो फिल्म फ्लप भयो । यो असफलतापछि राकेशले मानिसहरुको सुझावमा ध्यान दिए र सन् १९८७ मा फिल्म खुदगर्ज बनाए ।

यसको नाम अंग्रेजी अक्षर के बाट नै सुरु हुन्छ । अब यो संयोग थियो कि अरु नै केही, फिल्मले बम्पर कमाई गर्यो । त्यसपछि राकेश रोशले के अक्षरको साथ कहिले पनि छोडेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप