सहकारीको साधारणसभाको अन्यौलताबारे विभागले भन्यो– कसरी र कहिलेसम्म गर्ने चाँडै टुङ्गो लगाउछौँ
काठमाडौं । कोभिड–१९ महामारीका कारण सहकारी संस्थाहरुले आफ्नो वार्षिक साधारणसभा गर्न सकेका छैनन् । हरेक आर्थिक वर्षको पुस मसान्तसम्म साधारणसभा गरिसक्नुपर्ने प्रावधान भएपनि कोरोनाका कारण अन्यौलमा परेको छ । सहकारी विभागले सहकारी संघ-संस्थाहरुको वार्षिक साधारणसभा र लेखापरीक्षण सम्बन्धी काम कसरी र कहिलेसम्म गर्ने भन्ने विषयमा चाँडै निष्कर्ष निकाल्ने सहकारी विभागले जनाएको छ ।
विभागले राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय विषयगत संघ, जिल्ला संघ, सहकारी बैंक तथा सबै सहकारी संस्थाहरुलाई परिपत्र गर्दै साधारणसभाबारे केही समयभित्रै आधिकारिक रुपमा जानकारी गराउने बताएको छ । ‘सहकारी संस्थाको गत आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गर्ने अवधि आगामी असोज मसान्तसम्म रहेकोमा सो अवधिभित्र गरिसक्न र वार्षिक साधारणसभा हालको विषम परिस्थितिमा के कसरी गर्ने भन्ने विषयमा सरोकारवाला पक्षसँग छलफल गरेपछि मात्र निर्णय गरिने विभागले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलेजहरूलाई दिइने विदेशी कोषमा अमेरिकामा बढ्ने भयो निगरानी
-
चीनले अमेरिका फिर्ता पठायो बोइङका विमान
-
सर्वोच्चबाट पुनरावलोकनको मुद्दा फिर्ता लिँदै मनाङे, उपस्थित भए इजलासमा
-
लोकतन्त्रको आन्दोलनमा माधव कमरेडको भूमिका
-
पहलगाम आक्रमणपछि पाकिस्तान सरकारको वेबसाइट र एक्स एकाउन्ट ब्लक
-
जम्मू कश्मीरको उधमपुरमा अतिवादीहरूसँगको भिडन्तमा एक सैनिकको मृत्यु