बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीको साधारणसभाको अन्यौलताबारे विभागले भन्यो– कसरी र कहिलेसम्म गर्ने चाँडै टुङ्गो लगाउछौँ

सोमबार, २२ भदौ २०७७, १२ : ५३
सोमबार, २२ भदौ २०७७

काठमाडौं । कोभिड–१९ महामारीका कारण सहकारी संस्थाहरुले आफ्नो वार्षिक साधारणसभा गर्न सकेका छैनन् । हरेक आर्थिक वर्षको पुस मसान्तसम्म साधारणसभा गरिसक्नुपर्ने प्रावधान भएपनि कोरोनाका कारण अन्यौलमा परेको छ ।  सहकारी विभागले सहकारी संघ-संस्थाहरुको वार्षिक साधारणसभा र लेखापरीक्षण सम्बन्धी काम कसरी र कहिलेसम्म गर्ने भन्ने विषयमा चाँडै निष्कर्ष निकाल्ने सहकारी विभागले जनाएको छ । 

विभागले  राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय विषयगत संघ, जिल्ला संघ, सहकारी बैंक तथा सबै सहकारी संस्थाहरुलाई परिपत्र गर्दै साधारणसभाबारे केही समयभित्रै आधिकारिक रुपमा जानकारी गराउने बताएको छ ।  ‘सहकारी संस्थाको गत आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गर्ने अवधि आगामी असोज मसान्तसम्म रहेकोमा सो अवधिभित्र गरिसक्न र वार्षिक साधारणसभा हालको विषम परिस्थितिमा के कसरी गर्ने भन्ने विषयमा सरोकारवाला पक्षसँग छलफल गरेपछि मात्र निर्णय गरिने विभागले भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप