शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा ७७ लाख ८३ हजार कित्ता सेयर सूचीकृत

सोमबार, २२ भदौ २०७७, १२ : ४१
सोमबार, २२ भदौ २०७७

नेप्सेमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्सुरेन्सको  ७७ लाख ८३ हजार ४८५.१९ कित्ता सेयर सूचीकृत भएको छ ।
साइना रेसुङ्गा डेभलपमेन्ट बैंकको ३९ लाख ३४ हजार ३५६.१९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १५ प्रतिशत  बोनस सेयर वितरण गरेको थियो । 

यता प्रुडेन्सियल इन्सुरेन्सको ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले असार ७ गतेबाट साउन १९ गतेसम्म ६० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सोही हकप्रद अहिले सूचीकृत भएको हो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप