शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छोरालाई कलेजो दिने बाबुको कथा ‘मेरो जीन्दगी’

सोमबार, २२ भदौ २०७७, १२ : २३
सोमबार, २२ भदौ २०७७

काठमाडौँ – बैतडीका महेश अवस्थिका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नु परेको थियो । उनका लागि कलेजो बुबाले दान गरेका थिए ।

तिनै बुवाको वास्तविक घटनामा आधारित गीत ‘मेरो जिन्दगी...’ सार्वजनिक भएको छ । 

गीतमा कमला सुवेदी सापकाटाको शब्द, महाराज थापाको संगीत संयोजन, निशान भट्टराईको स्वर रहेको छ ।

गीतको भिडियो पनि बनेको छ । युवराज वाईबाको निर्देशन रहेको भिडियोमा निर्मल न्यौपाले र रेखा घिमिरेको अभिनय रहेको छ । भिडियोमा बालकलाकारमा रिदम तामाङ रहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप