शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसारको पहिलो संग्रहालय जहाँ पुराना सामान होइन खुसी पाइन्छ

सोमबार, २२ भदौ २०७७, १० : १९
सोमबार, २२ भदौ २०७७

संग्रहालय एउटा यस्तो स्थान हो जहाँ इतिहास, संस्कृति, विज्ञानलाई सजाएर राख्ने गरिन्छ तर आज हामी भिन्न संग्रहालयको कुरा गर्दैछौं । एउटा यस्तो संग्रहालय जसको उद्देश्य मानिसहरुलाई खुसी बनाउनु हो । हुन त खुसी त्यस्तो चिज होइन, जुन संग्रहालयमा झुण्डिएको देखियोस् । तर पनि यहि उद्देश्यसहित डेनमार्कको कोपेनहेगनमा गत जुलाईमा यो संग्रहालय खोलिएको छ ।

कोपेनहेगनको ह्याप्पिनेस रिसर्च इन्स्टिच्युटले यसलाई बनाएको हो । जसले यो संग्रहालयको परिकल्पना गरे त्यसमा माइक वाइकिंग पनि समावेश छन् । माइक ह्याप्पिनेस रिसर्च इन्स्टिच्युटका मुख्य कार्यकारी अधिकारी हुन् । उनले खुसीसँग सम्बन्धित तीनवटा किताब लेखिसकेका छन् – दि लिटिल बुक अफ लेगे (लेगे अर्थात् खुसी), दि लिटिल बुक अफ ह्यूगे (ह्यूगे अर्थात् मनोरञ्जन) र द आर्ट अफ मेकिङ मेमोरिज । तीनवटै ‘बेस्ट सेलर’ ।  

यस्तो प्रकारको पहिलो संग्रहालयः

आठ कोठाको यो संग्रहालय २४० वर्ग मिटरमा फैलिएको छ । सीएनएनका अनुसार यो यस्तो प्रकारको पहिलो संग्रहालय हो । यसलाई १८ औं शताब्दिमा बनेको ऐतिहासिक भवनको बेसमेन्टमा बनाइएको छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

We are open. Vi er åbne.

A post shared by The Happiness Museum (@thehappinessmuseum) on

मोनालिसाको मुस्कानलाई भिन्न–भिन्न कोणबाट हेर्ने सुविधाः

संग्रहालयको हरेक कोठा निकै विशेष छन् । हरेक कोठामा तपाईंले खुसीका विभिन्न दृष्टिकोण पाउनु हुनेछ । साथै केही प्रयोगबाट पनि गुज्रनु हुनेछ । जस्तै, एउटा कोठाको बीचमा पैसाले भरिएको एउटा पर्स राखिएको छ । यहाँ आउने मानिसहरुले ह्याप्पिनेस रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ता बाटोमा पर्स हराएको भन्दै कुरा गर्छन् र त्यो पर्स कतिपटक फिर्ता हुन्छ, त्यो नियाल्छन् ।

यसको एउटा खण्डमा खुसी हुने विज्ञानबारे कुरा गरिन्छ भने अर्कोमा दुई हजार वर्षको इतिहासबारे बताइन्छ । साथै, यहाँ एउटा यस्तो खण्ड पनि छ जहाँ खुसीको भविष्यबारे पनि बताइन्छ । यहाँसम्म कि एउटा खण्ड मुस्कानका लागि मात्रै बनेको छ । यसमा मोनालिसाको मुस्कानलाई तपाईं भिन्न–भिन्न कोणबाट हेर्न सक्नुहुन्छ । यसले तपाईंको अनुहारमा पक्कै पनि मुस्कान ल्याउँछ ।

एउटा कोठा यस्तो पनि जहाँ मानिसहरुको खुसीको पललाई सजाएर राखिएको छः

संग्रहालयको एउटा कोठा यस्तो छ जसले संसारमा खुसीको भूगोललाई बताउँछ । यसमा सन् २०२० को वर्ल्ड ह्याप्पिनेस रिपोर्ट राखिएको छ । फिनल्याण्ड संसारको सबैभन्दा खुसी देश हो । स्विडेन दोस्रो नम्बरमा छ । भुटान एउटा यस्तो देश हो जुन सन् १९७० देखि जीडिपीभन्दा माथि जिएनएच अर्थात् ग्रस नेशनल ह्याप्पिनेसको स्थान माथि छ । यी सबै कुरा यहाँ जानकारी दिइएको छ ।

यसका साथै एउटा कोठा यस्तो पनि छ, जहाँ संसारभरीका मानिसहरुलाई खुसी दिएको पललाई सजाएर राखिएको छ । यो पल मानिसहरु आफैंले संग्रहालयसँग साझा गरेका हुन् । यो कोठामा ‘ह्याप्पिनेस ल्याब’ पनि बनेको छ । यहाँ हाम्रो दिमागमा कसरी राम्रो भावना आउँछ भनेर जानकारी दिइन्छ । उमेरसँगै यो भावनामा कमी आउँछ त भनेर पनि जानकारी दिइन्छ ।

यो संग्रहालय यो वर्ष मे महिनामा खोल्ने योजनामा थियो । कोरोनाका कारण यस्तो हुन सकेन । माइक वाइकिंग र उनको समूहको प्रयासले यो १४ जुलाईमा मानिसहरुका लागि पहिलो पटक खोलियो । कोरोनाका कारण कडा नियम बनाइयो । एक पटकका ५० भन्दा बढी मानिस भित्र जाने अनुमति छैन । पहिलो महिनामा ६ सयभन्दा बढि मानिस यो संग्रहालयमा खुसी खोज्न पुगे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप