इजरायलमा कोरोबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
इजरायलमा नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । संक्रमण फैलिनबाट रोक्न सरकारले कडा नयाँ नियमहरु पनि घोषणा गर्न थालेको छ ।
इजरायलले कोरोना नियन्त्रणका लागि शुरुमा अपनाएका विधिप्रति धेरैले सकारात्मक रुपमा लिएका थिए । तर मे महिनामा नियमहरुलाई खुकुलो बनाएसँगै नयाँ संक्रमितको संख्या ह्वात्तै बढेको थियो ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरोधमा भइरहेको साप्ताहिक प्रदर्शनका कारणले पनि संक्रमण फैल्याउन मद्दत गरेको छ ।
पछिल्ला दिनहरुमा दैनिक तीन हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिन थालेको छ । सरकारले संक्रमण रोक्न राष्ट्रव्यापी लकडाउन गर्ने सोचाई पनि अघि सारेको छ ।
समग्रमा इजरायलमा एक लाख ३० हजार संक्रमित भएका छन् जसमा २६ हजारभन्दा बढी व्यक्ति संक्रमणकै स्थितिमा रहेका छन् ।
प्रधानमन्त्री नेतन्याहूले नियुक्त गर्नुभएका कोरोनाभाइरस परियोजना व्यवस्थापक डा रोन्नी गाम्जुको परामर्शमा सेनाले कोरोना संक्रमण रोक्न गत महिना एउटा कार्यदल गठन गरेको छ । यसले मुख्य कार्य नै संक्रमित व्यक्तिको सम्पर्क पहिचान गर्ने र संक्रमणको शृंखला रोक्ने रहेको छ ।
इजरायली अधिकारीहरुमाथि व्यवसाय र विद्यालयहरु चाँडै खोलिएको भन्दै जनस्तरबाट आक्रोश व्यक्त भइरहेको छ । रासस–एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम न्यूनीकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
-
नागरिक उन्मुक्तिका सांसद चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो
-
कार्यदलको बैठकमा जसपा नेपाल र नागरिक उन्मुक्ति किन ‘एब्सेन्ट’ ?
-
मन्धाना र प्रतिकाको रेकर्ड ब्याटिङ, भारतको कीर्तिमानी जित
-
सङ्खुवासभामा आगलागीबाट पाँच घर जले
-
दिगो विकास लक्ष्य प्रगति ७ वर्षमा ३९.६ प्रतिशत