बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकै गाउँका चार बालबालिका सम्पर्कविहीन

आइतबार, २१ भदौ २०७७, २० : ५७
आइतबार, २१ भदौ २०७७

माप्य दूधकोशी गाउँपालिका वडा नम्बर २ बासाका चार बालबालिका सम्पर्कविहीन भएका छन् । परिवारका अनुसार शनिबार साँझ ५ः०० बजेदेखि उनीहरु सम्पर्कविहीन छन् । 
    
स्थानीयवासी कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण र आठ वर्षीय सुदीप, सोही गाउँका आङछिरी राईका सात वर्षीय छोरा फ्रान्सीस र साढे दुई वर्षीया छोरी सिजल बेपत्ता छन् ।

साँझपख खेल्न भनी घरबाट निस्केका उनीहरु नफर्किएको बासाखाली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमारराज श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार शनिबार साँझदेखि गाउँलेले खोजी  जारी राखे पनि हालसम्म अवस्था पत्ता लागेको छैन । उनीहरुलाई देख्ने जो कोहीले ९८४४६६०५०८ मा सम्पर्क गरी खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप