बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उत्तर कोरियाका नेता किम आँधी प्रभावित क्षेत्रमा, एकतावद्ध हुन आह्वान

आइतबार, २१ भदौ २०७७, १८ : ५०
आइतबार, २१ भदौ २०७७

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने घटनास्थलको भ्रमण गरेपछि उनले पीडितहरुलाई सहयोगका लागि १२ हजार कामदार पठाउने प्रतिबद्धता पनि जनाएका छन् । उनीहरुलाई त्यस क्षेत्रको पुनर्निर्माणका लागि पठाउने नेता किमले प्रतिबद्धता जनाउनुभएको उत्तर कोरियाको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले आइतबार जनाएको छ ।   

घटनास्थलको अवलोनक भ्रमण गर्न उत्तर कोरियाली केही उच्च पदस्थ पदाधिकारीहरु यस पहिले नै त्यहाँ पुगी आँधी प्रभावित क्षेत्रको अवलोकन गरिसकेका समाचारमा उल्लेख गरिएको छ ।  उनले स्थानीय बासिन्दालाई सङ्कट विरुद्ध लड्न तथा त्यसको सामना गर्नका लागि एकताबद्ध हुन पनि आह्वान गरेका छन् ।

आँधीसँगै कोरोनाभाइरसको महामारीसँग पनि लड्नुपर्ने भएकाले एकताबद्ध हुन अत्यावश्यक रहेको उनको भनाइ छ । उनले केही दिन अगाडि पनि आँधी र कोरोनाभाइरसविरुद्ध लड्न सवै एकताबद्ध हुनुपर्ने र तयारी अवस्थामा रहनुपर्ने बताएका थिए ।

कोरियाली केन्द्रीय समाचार केन्द्रले सम्प्रेषण गरेको समाचार अनुसार सर्वोच्च नेता किमले शनिबार घटनास्थल हाँङयोङ प्रान्तको भ्रमण गरेका हुन् । सो ठाउँमा गत हप्ता ठूलो आँधी आएको थियो । आँधीका कारण एक हजारभन्दा बढी घरहरु नष्ट भएको जनाइएको छ । सरकारी अधिकारीहरुले आँधीमा परेर अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण भने प्राप्त नभएको सर्वोच्च नेता उनलाई जानकारी दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप