झडप पछि रातो मच्छिन्द्रनाथको रथयात्रा, हेरौं तस्बिरमा
आइतबार, २१ भदौ २०७७, १८ : १२

काठमाडौं । ललितपुरमा केही दिन अघि भएको झडपपछि रोकिएको रातो मच्छिन्द्रनाथको रथ तान्ने कार्यक्रम सुरु भएको छ । आइतबार रथ तान्ने कार्यक्रम सुरु भएको हो । रथयात्राका क्रममा सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले विशेष सुरक्षा कार्यक्रम लागू गरेको छ । केही दिनअघि रथ तान्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । सोही कारण स्थानीय प्रशासनले भदौ १९ गते कफ्र्यू आदेश जारी गरेको थियो ।