शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्यानिटाइजर उत्पादन गर्दै आएको पामाकेयरको ह्यान्डवास बजारमा, विभिन्न फ्लेवरमा उपलब्ध

आइतबार, २१ भदौ २०७७, १८ : ०७
आइतबार, २१ भदौ २०७७

काठमाडौं । एक दशकदेखि जनस्वास्थ्य र सरसफाइसँग सम्बन्धित विभिन्न वस्तु उत्पादन गर्दै आएको ब्राण्ड पामाकेयरले पछिल्लो समय ह्यान्डवास ल्याएको छ । आइएसओ ९००१ः२०१५ प्रमाणित यो कम्पनीले विभिन्न फ्लेबरमा ह्यान्डवास प्रस्तुत गरेको कम्पनीका सञ्चालक महेशकुमार चौधरीले बताए ।

जिएमपी प्रमाणित प्लान्टमा स्यानिटाइजर लगायत जनस्वास्थ्य र सरसफाइसँग सम्बन्धित अन्य वस्तु उत्पादन गरी बिक्री वितरण गरिरहेको कम्पनीले कोभिड–१९ को महामारी बीच ह्यान्डवास उत्पादन सुरु गरेको हो । 

विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमण रोकथाममा स्यानिटाइजर, ह्यान्डवास, साबुन, मास्क जस्ता वस्तुको भूमिका प्रभावकारी देखिएको तथा विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञहरुले यसको प्रयोगमा जोड दिइरहेको सन्दर्भमा कम्पनीले सुपथ मूल्यमा सर्वसाधारणले गुणस्तरीय ह्यान्डवास प्राप्त गर्न सकून् भनेर यसको उत्पादन सुरु गरेको चौधरीले बताए । 

यो ह्यान्डवासमा ब्याक्टेरिया, भाइरस जस्ता मानव शरीरका लागि हानिकारक तत्वलाई समूल नष्ट गर्ने फर्मुला र पदार्थको सम्मिश्रण रहेको कम्पनीको दावी छ । कम्पनीले यसअघि नै पामाकेयर ब्राण्डमा स्यानिटाइजर उत्पादन गरी बजारमा उपलब्ध गराइरहेको छ । पामाकेयर स्यानिटाइजर उपभोक्तामाझ निकै लोकप्रिय छ ।

उनका अनुसार पामाकेयरका ह्यान्डवास विभिन्न फ्लेवरमा उपलब्ध छन् । उपभोक्ताले आफ्नो रुची अनुसार लेभेन्डर एन्ड वाटर लिली, लेमन एन्ड मेन्डेरियन, टीट्री एन्ड एप्पल फ्लेवरका ह्यान्डवास रोज्न सक्ने चौधरीले बताए । हाललाई २५० मिलिलिटरको पम्पसहितको प्याकमा उपलब्ध ह्यान्डवासको मूल्य एक सय ५२ रुपैयाँ तोकिएको छ । रिफिल प्याकको हकमा एक लिटरको प्याक बजारमा पठाइएको कम्पनीले जनाएको छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप