मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

केन्टका किटाणुनाशक उपकरणहरूको माग बढ्दो, कुनले कसरी काम गर्छ ?

आइतबार, २१ भदौ २०७७, १७ : ५१
आइतबार, २१ भदौ २०७७

काठमाडौं । केन्ट डिसइन्फेक्टेन्ट (किटाणुनाशक) उपकरणहरूको माग बजारमा बढ्दो छ । 

सि.जी. इलेक्ट्रोनिक्सअन्तर्गत नेपालमा केन्टको आधिकारिक वितरक इओएल प्रालिले डिसइन्फेक्टेन्ट उपकरणहरुको माग दिन प्रतिदिन बढ्को बताएको छ । 

कोविड–१९ महामारीमा हाम्रो वरिपरि भएको तर सजिलै आँखाले नदेख्ने ब्याक्टेरिया र भाइरसबाट नियमित रूपमा किटाणुशोधन गर्न जरुरी भएकाले यस्ता उपकरणको माग बढेको हो । दैपिन उपभोग गर्ने फलफूल र तरकारीहरूलाई सजिलैसँग सफा र सुरक्षित राख्नुका साथै यी स्मार्ट उपकरणहरूले कोठा र गाडीे भित्रको हावा पनि ताजा र स्वस्थ राख्न मद्दत गर्ने कम्पनीको दावी छ ।

यस्ता छन् केन्टका विभिन्न डिसइन्फेक्ट (किटाणुनाशक) उपकरणहरू:

केन्ट अटो सेनिटाइजरः 
नयाँ र हातको स्पर्श विना केन्ट अटो सेनिटाइजरले तपाईंको हातहरू सेनिटाइज सजिलै गर्दछ । यो उपकरणमा स्मार्ट इन्बिल्ट इन्फ्रारेड सेन्सर सुसज्जित छ । जसले हात डिस्पेन्सरको मुनि राख्दा सेन्स गर्दछ । केन्ट अटो सेनिटाइजरमा १२ लिटरको उच्च स्टोरेज क्षमता छ जसको ट्याङ्की सजिलै हटाउन सकिन्छ । साथै सजिलै रिफिलिंग र उपकरणको सरसफाई गर्न सकिने भएकोले यसमा स्वच्छता कायम गर्न सकिन्छ ।

केन्ट काउण्टर टप भेजिटेबल डिसइन्फेक्ट उपकरणः
यस उपकरणले साग–सब्जी , फलफुल र मासुबाट किटनाशक, ब्याक्टेरिया र भाइरसहरू हटाउँदछ । केन्ट टेबल शीर्ष भेजिटेबल डिसइन्फेक्ट उपकरणबाट तरकारी र फलफुलहरू उपभोगका लागि सुरक्षित बनाउन सकिन्छ ।

यसमा रासायनरहित ओजोन टेक्नोलोजी छ जसले हानिकारक किटनाशक, रसायनहरू आदि हटाएर तरकारी र फलफूलहरू किटाणु रहित गर्दछ । यसले ब्याक्टेरिया, भाइरस र अन्य किटाणुहरूको हटाउने कुरा सुनिश्चित गर्दछ । जुन धेरै हातको प्रयोगले ट्रान्सफर हुन सक्ने संक्रमण र खानालाई उपभोगका लागि सुरक्षित बनाउँदछ । 

केन्ट ओजोन एयर डिसइन्फेक्ट:
ओजोन किटाणुशोधन टेक्नोलोजीको साथ कोठा तथा गाडीको हावालाई ब्याक्टेरियाहरू र भाइरसहरूबाट हटाउन मद्दत गर्छ । यो उपकरण प्रयोगकर्ता–मैत्री भएकाले केन्ट ओजोन एयर डिसइन्फेक्टन्टहरू दुबै व्यक्तिगत र साना व्यावसायिक स्थानहरूको लागि सबै भन्दा उपयुक्त उपकरणहरू हुन् ।

कोठा तथा गाडीको हावा ब्याक्टेरियाहरू र भाइरसहरूबाट मुक्त राख्न केन्ट ओजोन एयर डिसइन्फेक्टेन्टको विश्वास गर्न सकिने कम्पनीको दावी छ । यस यन्त्रले शक्तिशाली ओजोन ग्यास छोड्ने गर्दछ जसले कोठा तथा गाडीको हावामा रहेको ब्याक्टेरिया, भाइरस, फङ्खी र अन्य रोगजनक कणहरुलाई हटाउन मद्दत गर्दछ । 

कोभिड–१९बाट बच्न र आफ्नो परिवारको सुरक्षा सुनिश्चित गर्न यी उपकरण निकै उपयोगी सावित भएका छन् । डिसइन्फेक्ट (किटाणुनाशक) उपकरणहरूको अतिरिक्त, केन्टका पानी प्रशोधक (प्युरिफायर), एयर प्युरिफायर र स्मार्ट किचन उपकरणहरू पनि बजारमा उपलब्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप