महामारीमा एनआरएनएको भूमिका प्रशंसनीय: मन्त्री ज्ञवाली
काठमाडौं । मध्यपूर्वका चार देशमा लागू हुने आइएलओको परियोजनाका लागि गैरआवासीय नेपाली सङ्घले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेको छ । मध्यपूर्वका देशमा रहेका नेपालीको समस्याका बारेमा केन्द्रित भर्चुअल छलफललाई सम्बोधन गर्दै उनले कोभिड–१९ कारण उत्पन्न असहज परिस्थितिमाझ गैरआवासीय नेपाली सङ्घले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । उनले महामारीका बेला विदेशस्थित गैरआवासीय नेपाली सङ्घ र विदेशस्थित नेपाली दूतावासबीच निकै राम्रो सहकार्य भएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने उल्लेख गरे ।
विदेशबाट फर्किएका नेपालीलाई नेपालमै उनीहरुको क्षमता र सीपका अनुसार रोजगारीको वातावरण तयार गर्न सरकारले रणनीति बनाइरहेको र कतिपय योजनासमेत बनिसकेको उनको भनाइ थियो । नेपाल फर्केका नेपालीको ज्ञान र सीपको तथ्याङ्क सङ्कलन गर्ने कार्यमा सङ्घले सहकार्य गर्न सक्ने मन्त्री ज्ञवालीले बताए ।
छलफलमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीले राज्य सरह सङ्घप्रति अपेक्षा राख्ने गरेको अनुभव सुनाउँदै सरकारसँग सोही तहको सहकार्यको अपेक्षा राखेको बताए । सङ्घको साधन र स्रोतले सबै समस्यालाई समाधान गर्न नसक्ने भएको कारणले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य शुरु गरिएको जानकारीसमेत उनले गराए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वैदैशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा.बद्री केसीले कोरोना सङ्क्रमणपछि समस्यामा परेका नेपालीको सहयोगको लागि ती देशमा आइएलओसँग सहकार्य गरेर स्वंयसेवा तथा कानूनी परामर्श सहितको पाँचमहिने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।
कार्यक्रममा सङ्घका महासचिव डा.हेमराज शर्माले कोभिड–१९ को कहरका बीच सङ्घको आयोजनामा हुने दोस्रो विज्ञ सम्मेलनको बारेमा जानकारी गराएका थिए । उनले विदेशमा स्वास्थ्य क्षेत्रमा सक्रिय नेपाली चिकित्सक एवं विज्ञको सहयोग लिएर अघि बढ्न नेपाल सरकारलाई सुझाव दिए । कार्यक्रममा कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरबस्थित नेपाली राजदूत, सङ्घका केन्द्रीय पदाधिकारी, श्रमसहचारी, राष्ट्रिय समितिका अध्यक्षलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
-
कास्की जिल्ला अदालतमा आज पनि बयान जारी
-
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
-
एमपक्सको स्वरुप फेरियो, के यो यौन रोगसँग सम्बन्धित छ ? (भिडियो)
-
हुम्लामा हिमपात, जनजीवन प्रभावित
-
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम बन्दै किबीखेती, बागलुङमा उत्पादन, बुटबलमा खपत