जसपा नेपालको समायोजनमा यसरी मिलाइँदैछ भागबण्डा
काठमाडौं । नवगठित जनता समाजवादी पार्टी नेपालमा पार्टी समायोजनको काम शुरु भएको छ । तत्कालिन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच गत बैशाखमा एकत घोषणा भएको थियो । असारमा निर्वाचन आयोगबाट आधिकारिता पाएको जसपामा समायोजनको काम शुरु भएको जनाइएको छ ।
दुई दल बीचमा बराबरको हैसियतमा समायोजनको प्रकृया शुरु भएको जसपा नेपालका एक नेताले बताए । सो पार्टीमा ५१ सदस्यीय कार्यकारिणी समितिसहित ७०१ जनाको केन्द्रीय कार्यसमिति हुने भएको छ । जसमा तत्कालिन राजपा नेपालको भागमा ३२६ जना केन्द्रीय सदस्य परेका छन् । यसअघि नै कार्यकारिणी समितिमा भागबण्डा लागिसकेको छ । कार्यकारिणी समितिमा तत्कालिन राजपा नेपालले २६ र तत्कालिन समाजवादी पार्टीले २५ सदस्य पाएका छन् ।
केन्द्रीय समितिमा बाँकी रह्यो ६५० को भागबण्डा । त्यसमा राजपा नेपालले ३५० र समाजवादी पार्टीले ३५० सदस्य प्राप्त गरेका छन् । ७०१ जनाको केन्द्रीय समितिमा ५० जना पदाधिकारी रहनेछन्, जसमा २५–२५ जना भागबण्डा गरिएको छ । कार्यकारिणी समितिमा रहेका सबैजना पदाधिकारी हुने जनाइएको छ ।
तत्कालिन राजपा नेपालमा ३५० सदस्यमा पनि भागबण्डा भएको छ । ९३–९३ जना महन्थ ठाकुर र राजेन्द्र महतोले पाउने भएका छन् भने ४०–४० जना शरदसिंह भण्डारी र महेन्द्रराय यादवले पाउने भएका छन् । त्यस्तै अनिल झा र राजकिशोर यादवले ३०–३० जना केन्द्रीय सदस्य पाउने भएका छन् ।
त्यसैगरी १०१ सदस्य भएको राजनीतिक समितिमा २५ जना तत्कालिन राजपा नेपालबाट रहनेछन् । त्यसमा पनि राजपाले आफ्नोभित्र भागबण्डा गर्दा महन्थ ठाकुर र राजेन्द्र महतोले ६–६ जना पाउने भएका छन् । त्यस्तै ४–४ जना शरतसिंह भण्डारी र महेन्द्रराय यादवका हुनेछन् भने ३–३ जना अनिलकुमार झाव र राजकिशोर यादवको रहने जसपा नेपाल स्रोतले जनाएको छ ।
उता, समाजवादी पार्टीले पनि आफ्नो लिस्ट तयार गरिसकेको छ । राजपा नेपालले लिस्ट तयार गर्न ढिलाई गरेपछि समायोजनको काममा ढिलाई भएको एक नेताले बताए । राजपा नेपालले आफूभित्र भागवण्डा मिलाइसकेपछि अब नाम चयन गरेर जसपा नेपालमा बुझाउने बताइएको छ । त्यस्तै जसपा नेपालले जिल्ला तथा स्थानीय तहमा पनि निर्देशिकाअनुसार पार्टी समायोजनको काम अगाडि बढाउन परिपत्र पठाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान
-
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
-
झापाबाट खैरो हेरोइनसहित युवक पक्राउ