खतिवडाको बहिर्गमनले सुधारिएन शेयर बजार

काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई पुँजी बजार विकासको बाधकको रुपमा निरन्तर चित्रित गरियो । उनको बहिर्गमनको चर्चा बाहिर ल्याउँदै बजारलाई माथि पटक–पटक उचाल्ने काम समेत गरियो । यस्तो चर्चा थियो कि खतिवडा बहिर्गमन भए भने बजारले कम्तीमा पनि ऐतिहासिक विन्दु छुन्छ । तर, खतिवडाको बहिर्गमन भएपछिको पहिलो दिन आइतबार भने शेयर बजारले झनै नकारात्मक बाटो समातेको छ ।
आइतबार समग्र बजार परिसूचक (नेप्से) १०.४५ अंकले घटेको छ । बिहीबार १ हजार ५ सय १० को विन्दुमा बन्द भएको परिसूचक शुक्रबार १ हजा ४ सय ९९ विन्दुमा झरेको हो । बिहीबार बजार बन्द हुनुअघि खतिवडाको निरन्तरता वा बहिर्गमनबारेको अन्यौलता कायमै थियो ।
आइतबारको बजारमा २ अर्ब ७८ करोड रुपैंया बराबरको शेयर कारोबार भएको छ । यो दिन करिब ७० लाख कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । आइतबार बजारसँग सम्बन्धित सबै सूचक र व्यापारमूलक र सामूहिक लगानी कोष उपसमूह बाहेक अरु सबै उपसूचक समेत घटेका छन् ।
गिरावटकै बीचमा पनि उन्नति लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, जोशी हाइड्रोपावर, राधी हाइड्रोपावर र युनिभर्सल पाव।को शेयर भने ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ? एननआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘जार’ काे गीत ‘ए ठूली’ मा लाहुरेको प्रेमकथा
-
बढुवा भएका ७५ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको पदस्थापन
-
रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
-
शिक्षा विधेयक कार्यान्वयनमा माओवादीको आशंका, बर्खे अधिवेशनमा कस्तो छ तयारी ?
-
पुरुषमाथि कुटपिटमा संलग्न चार जना ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
-
सरकारको औचित्यमाथि प्रश्नैप्रश्न : हुकुमी शासनको अभ्यास !