बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिन्धुलीमा लागुऔषधको ओसारपसारमा वृद्धि

आइतबार, २१ भदौ २०७७, १४ : ५९
आइतबार, २१ भदौ २०७७

सिन्धुली । सिन्धुली जिल्लामा लागुऔषधको कारोबार हरेक वर्ष वृद्धि हुँदै आएको छ । पछिल्लो समय सदरमुकामदेखि ग्रामीण क्षेत्रमा समेत लागुऔषधको उत्पादन, विक्री वितरण र प्रयोग हुन थालेको छ । यसबाट विशेषगरी किशोरकिशोरी तथा विद्यालयका विद्यार्थीहरु बढी प्रभावित भएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको चार वर्षको तथ्याङ्क हेर्ने हो भने पनि यस्को प्रयोगकर्ता तथा यसमा संलग्नको सङ्ख्या विस्तारै बढ्दै गरेको  देखिन्छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले लागुऔषध दुर्व्यसनी, व्यक्तिको मात्र नभई घरपरिवार, समाज र सिङ्गो राष्ट्रका लागि नै समस्या भएको बताए । उनका अनुसार गाँजादेखि नाईट्राभेट ट्यवलेट, स्पास्मोप्रोक्सिभन क्याप्सुल, नाइट्रोसन ट्यावलेट, फेनार्ग एम्पुल, डाईजापा एम्पुल, नोफिन एम्पुल जस्त लागुऔषधको कारोवार हुने गरेको छ ।  

आर्थिक वर्ष २०७३/७४ मा लागुऔषधका पाँच, २०७४/७५ मा १२, २०७५/७६ मा १४ र २०७६/७७ मा १३ वटा मुद्धा दर्ता भएको थियो । लागुपदार्थ दुर्व्यसनमा लागिसकेका व्यक्तिलाई उपचार तथा पुर्नस्थापना केन्द्रमा पठाउने र लागुपदार्थको कारोबारीलाई कानूनवमोजिम कारवाही गराइएको प्रनाउ खत्रीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप