शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणपछि सांसद सुवाल होम आइसोलेसनमा

आइतबार, २१ भदौ २०७७, १४ : ४५
आइतबार, २१ भदौ २०७७

काठमाडौं । शनिवार कोरोना संक्रमण पुष्टि भएपछि नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल होम आइसोलेशनमा बसेका छन् । नजिकको साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनले गत भदौ १५ गते परिक्षणका लागि स्वाव दिएका थिए । स्वाव संकलनपछि उनी आफ्नै घरको छुट्टै कोठामा बस्दै आएका थिए । 

हिजो कोरोना संक्रमण पुष्टि भएपनि आफूलाई कुनै लक्षण देखा नपरेको सांसद सुवालले जानकारी दिए । सांसद सुवालको भक्तपुरको जनस्वास्थ्य केन्द्रमा पिसिआर परिक्षण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप