शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा नगरपालिकाको लगानीमा ५० शैयाको कोरोना अस्पताल निर्माण हुने

आइतबार, २१ भदौ २०७७, १४ : ४२
आइतबार, २१ भदौ २०७७

सरहा । सिरहाको गोलबजार नगरपालिकाले कोभिड १९ महामारीको सम्भावित जोखिमलाई मध्यजर गर्दै नगरकै लगानीमा ‘कोराना अस्पताल तथा आइसोलेसन’ भवन निर्माण थालेको छ । कोरोना संक्रमितहरुले कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टरको अभावमा समस्या झेल्नुपरेको गुनासो बढेपछि नगरपालिकाले आफ्नै लगानीमा अस्पताल निर्माण गर्न लागेको हो ।

गोलबजार नगरपालिका– ४ चोहर्वामा नगरप्रमुख देवनाथ साह,उपप्रमुख रेशमकुमारी थापाले ५० शैयाको कोरोना अस्पतालको शिलान्यास गरेका हुन् । आर्थिक वर्ष ०७७÷७८ को विकास बजेटबाट कटौती गरी कोरोना अस्पताल र आइसोलेसन सेन्टर निर्माण थालेको नगर प्रमुख देवनाथ साहले बताए ।

अबको एक महिनाभित्र अस्पताल र सेन्टर निर्माण गरी सञ्चालन गरिनेगरी हामीले काम अगाडि बढाएका छौं,’ मेयर साहले भने । उनले थपे, ‘तत्काल ९१ लाख रकम छुट्टयाइएको छ, त्यसका लागि बजेट अपुग भए नगर कार्यपालिकाले स्रोत खोजी गरी तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।’

गोलबजार नपा ७ का वडा अध्यक्ष जगत श्रेष्ठले भने अहिले यसलाई कोरोना अस्पताल भनिएपनि भविष्यको ट्रमा सेन्टरको जग भएको बताए । उनले तत्काल महामारीलाई मध्यनजर गर्दै यसको निर्माण प्रकृया अगाडी बढाइएको भएपनि यसलाईनै ट्रमा सेन्टरमा रुपान्तरण गर्ने उनले बताए । 

पूर्वप्रशासक तथा यसै नगरपालिका ८ का ललितबहादुर थापाले भने– ‘ट्रमा सेन्टर निर्माणको लागि दिएको एक बिघा जग्गामा अस्पताल र आइसोलेसन सेन्टरको शिलान्यास गरिएको हो ।’ जततालाई सुरक्षित  राख्न आफुहरुले  यो प्रकृया अपनाएको नगरप्रमुख देवनाथ साहले बताए ।  

थापाले करिब १० वर्षअघि जग्गा दान गरेका थिए । सम्भवतः नेपालमा  नगरपालिकाको लगानीमा  बनेको ५० शैयाको कोरोना अस्पताल यो नै पहिलो हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप