शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वको ‘एक्लो हात्ती’लाई पाकिस्तानबाट अन्यत्रै लगिने

आइतबार, २१ भदौ २०७७, १४ : २६
आइतबार, २१ भदौ २०७७

एजेन्सी । जनावर अधिकर्मीहरुमाझ तातो बहसको विषय बनेको हात्तीलाई पाकिस्तानस्थित चिडियाघर छाड्ने अनुमति मिलेको छ । हात्तीको स्थानान्तरणका लागि लबिङ गरिरहेका समूहहरुले अब यसलाई राम्रो वातावरणमा लगेर राखिने बताए । 
‘विश्वको एक्लो हात्ती’ नाम दिइएको काभान ३५ वर्षभन्दा लामो समयदेखि इस्लामावादस्थित मार्गहजर चिडियाखानाको साँघुरो क्षेत्रफलमा प्रताडित भएर बसेको थियो । फोर पाज जनावर संरक्षण संस्थाका प्रवक्ता मार्टिन बाउरकाअनुसार यस हात्तीलाई अन्तत भ्रमणका लागि मेडिकल स्वीकृति मिलेको छ । सायद अब यसलाई कम्बोडिया लगेर राम्रो वातावरण राखिनेछ । शुक्रबार चिडियाघरमै काभानको पूर्ण मेडिकल परीक्षण गरिएको बाउरले बताए ।

गत मेईमा पाकिस्तानको उच्च अदालतले मार्गहजर चिडियाखाना बन्द गर्न आदेश दिएको थियो । लापरवाहीका कारण चिडियाघरको अवस्था दर्दनाक बनेको भन्दै यस्तो आदेश दिइएको थियो । चिडियाघरको दयनीय अवस्थाबाट काभानको उद्धार गराउन विश्वभरका जनावर अभियन्ता सक्रिय थिए । 

शुक्रबारको स्वास्थ चेकजाँचमा यो हात्ती आवश्यकभन्दा धेरै मोटो भएको, कुपोषणको संकेत पनि देखिएको र उसका नङहरु भाँचिएको देखिएको थियो । साँघुरो क्षेत्रमा बस्नुपर्दा उसको खुट्टामा पनि क्षति भएको देखियो । ‘यी सबैका बाबजुद परीक्षणपछि काभानी अझै बलियो रहेको प्रमाणित भयो । अब सम्भवत कम्बोडियाको आरक्षमा उसको पुनर्वासको व्यवस्था गरिनेछ,’ बाउरले भने । 

बाउरका अनुसार एक्लै बस्दा यो हात्तीको व्यवहारमा पनि केही समस्या देखिएको छ । सन् २०१२ मा यसको पार्टनरको पनि मृत्यु भएको थियो । त्यसयता एक्लोपन र खराब जीवनशैलीमा बाँच्न यो बाध्य थियो । अधिकारकर्मीहरुले सन् २०१६ देखि नै यस हात्तीको पुनर्वासको व्यवस्था हुनुपर्ने माग राख्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप