बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानः सरकारी टिभी च्यानलकी २७ वर्षीया पत्रकारको गोली हानी हत्या

आइतबार, २१ भदौ २०७७, १२ : ४१
आइतबार, २१ भदौ २०७७

पाकिस्तानमा शनिबार एक महिला पत्रकारको गोली हानी हत्या गरिएको छ । शाहिना शाहिन सरकारी टिभी च्यानल पाकिस्तान टिभीमा कार्यक्रम प्रस्तोताका साथै संवाददाता थिइन् । केही दिन अघि मात्रै उनको बलूचिस्तानको तुरबतमा ट्रान्सफर गरिएको थियो । गत वर्ष मात्रै पाकिस्तानमा उरुज इकबाल नामकी महिला पत्रकारलाई पनि गोली हानी हत्या गरिएको थियो ।

रिपोर्टका अनुसार सन् १९९२ देखि अहिलेसम्म अर्थात् २८ वर्षमा पाकिस्तानमा ६१ पत्रकारको हत्या भइसकेको छ ।

युवा पत्रकार थिइन् शाहिनः

शाहिन पहिला इस्लामाबादमा एक नीजि टिभी च्यानलमा काम गथिएन् । त्यसपछि उनको चयन सरकारी टिभी च्यानलमा भएको थियो । इस्लामाबादमा केही महिना बसेपछि शाहिनको ट्रान्सफर बलूचिस्तानको तुरबतमा भएको थियो । उनी एक स्थानीय म्यागजिनकी सम्पादक पनि थिइन् । २७ वर्षकी शाहिन क्वेटा युनिभर्सिटीबाट पिएचडी पनि गरिरहेकी थिइन् ।

हत्यारा फरारः

शाहिनलाई उनको घरमै गएर हत्या गरिएको थियो । प्रहरीका अनुसार दुई हमलाकर्ता उनको घर पुगे । ढोका खोल्नेबित्तिकै शाहिनमाथि गोली हानियो । शाहिनलाई पाँच गोली लाग्यो । प्रहरीका अनुसार एक अज्ञात व्यक्तिले शाहिनलाई कारमा लिएर अस्पताल पुगे । तर त्यसको केही बेरपछि नै उनी गाडी छोडेर फरार भए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । शाहिनका परिवारले केही मानिसहरुविरुद्ध मुद्दा दर्ता गरेका छन् । यसमा शाहिनका श्रीमान् पनि समावेश छन् । शाहिनको पाँच महिना अघि विवाह भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप