शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रियाका वकिलले भने, ‘उनी गिरफ्तारीका लागि तयार’

आइतबार, २१ भदौ २०७७, १२ : २२
आइतबार, २१ भदौ २०७७

सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्स मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आइतबार रिया चक्रवर्तीसँग सोधपुछ गर्नेछ । एनसीबीले आइतबार बिहान नै उनलाई घर पुगेर समन पठाएको थियो । ड्रग्स मुद्दामा अहिलेसम्म सुशान्तका सहयोगी दिपेश सावन्त, अब्दुल बासित, जैद विलात्रा, शोविक चक्रवर्ती (रियाका भाइ, स्यामुअल र अब्बास लखानीको गिरफ्तारी भइसकेको छ । कैजान इब्राहिमलाई पनि पक्राउ गरिएको थियो तर शनिबार उनले अदालतबाट जमानत पाएका छन् ।

रियाका वकिलले भने, ‘प्रेम गर्नु अपराध हो त उनी यसको सजाय भोग्नेछिन्’

रियाका वकिल सतिश मानशिंदेले भने, ‘रिया गिरफ्तार हुनका लागि तयार छिन् । यदि कसैलाई प्रेम गर्नु अपराध हो भने उनी प्रेमको नतिजा भोग्नेछिन् । उनी निर्देष छिन् त्यसैले उनले पुलिस, सिबिआई, ईडी र एनसीको सामना गरिन् तर कुनै अग्रिम जमानतका लागि कुनै अदालतको ढोका ढक्ढकाइनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप