१५ दिनभित्र फ्रान्समा संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी
आइतबार, २१ भदौ २०७७, ०६ : ५०

फ्रान्समा अबको १५ दिनभित्र कोरोनाभाइरस संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी दिइएको छ ।
फ्रान्सका स्वास्थ्यमन्त्री ओलिवियर वेरनले आउँदो दुई हप्तामा आइसीयूमा भर्ना हुने मानिसहरुको संख्या बढ्न सक्ने बताउँदै थप सचेत रहन आग्रह गरेका छन् ।
पछिल्ला केही दिनमा फ्रान्समा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको छ ।
वेरनले एक टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा राष्ट्रव्यापी लकडाउनको आवश्यकतालाई खारेज गर्दै फ्रान्ससँग भाइरससँग प्रतिस्पर्धा गर्न अन्य तरिका पनि भएको जानकारी दिएका छन् ।
उनले भने, ‘म लकडाउनको कल्पना गर्न सक्दिनँ । लकडाउन भक्भकी उम्लिरहेको खानालाई ढाकेको जस्तै थियो ।’
फ्रान्समा कोरोनाभाइरस संक्रमितको संख्या बढेर ३ लाख ४७ हजार २ सय ६७ रहेको छ । यस्तै कोभिडका कारण मृत्यु हुनेको संख्या ३० हजार ७ सय ३० रहेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्र्याक्टरको तेल ट्याङ्कीभित्र ब्राउन सुगर, दुई भारतीय नागरिक पक्राउ
-
बारमा कांग्रेस–एमाले गठबन्धनको क्लिनस्विप, अध्यक्षमा मिश्र, महासचिवमा कोइराला
-
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?
-
घण्टेश्वर सेती महाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
सरकारले जग्गा प्राप्तिसम्बन्धी ऐन संशोधन गर्न माग्यो सुझाव
-
प्रचण्डको किताब सीपीसीलाई उपहार