बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानसमेत थप चार देशले दिए चीनमा बनेको कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायललाई अनुमती

आइतबार, २१ भदौ २०७७, ०६ : ३०
आइतबार, २१ भदौ २०७७

चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडले शनिबार चार थप देशले आफ्नो देशमा बनेको कोरोना भ्याक्सिनलाई अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको जानकारी दिएको छ ।

चीन भ्याक्सिन बनाउने दौडमा आफ्नो प्रयासलाई जोडतोडका साथ अघि बढाइरहेको छ ।

सर्बिया र पाकिस्तान ट्रायलको तेस्रो चरणका लागि सहमत हुने देशको सूचीमा समावेश छ भने अन्य दुईले कम्पनीबाट थप डाटा माग गरेको  छ ।

चीनमा कोरोना भाइसस संक्रमितको संख्या निकै कम छ जसका कारण उसले अन्य देशमा आफ्नो क्लिनिकल ट्रायल गरिरहेको छ ।

सर्बियामा सिएनबीजीले बनाएका दुई भ्याक्सिनको ट्रायल हुनेछ । यी दुबै भ्याक्सिन ऊहान र बेइजिङको सिएनबीजी युनिटमा तयार गरिएको हो । यस्तै पाकिस्तानमा बेइजिङ युनिटको भ्याक्सिनको ट्रायल हुनेछ ।

सिएनबीजीको तेस्रो चरणको ट्रायलमा १० देशका करिब ५० हजार मानिसहरु समावेश हुने सम्भावना छ । संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा पहिले नै ट्रायल सुरु भइसकेका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप