शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रणा

आइतबार, २१ भदौ २०७७, ०० : ०७
आइतबार, २१ भदौ २०७७

 

'अब, मितव्ययिता अपनाउ ! पेटारी कस ! स्वच्छ र पारदर्शी होउ ! भन्नु नै बेकार ।' आजित भ'र एउटाले सुस्केरा हाल्यो ।

'म त भन्छु, र भन्दै आ'को छु, पछि पाइने हो, होइन मौकामा चौका हानि हाल्नु पर्छ । सत्ता दाहिना भए पछि के हुँदैन ?! फेरि, उल्फाको धन न हो । उसमाथि कोरोनाले अलग-थलग, सब त्राहीमाम । यस्तो मौका कहाँ खेर फाल्नु हुन्छ र ?! उसै त खेती त जे को गरे पनि भो । सर्पको त खेती हुँदो र'छ  ! समय अनुसार चल्न न जान्ने हो भने क्या हो,  क्या हो पछि !' अर्को मन्त्रणा दिदै थियो ।

'यस्तो बेला प्राथमिकता ...?'

'गोली मार ।'

'लोक गाल ...?!'

'गोली मार । औचित्य सावित गर्ने काम त राजनीति छँदै छ नि - लाटा सोझा जनता जो छन् न ।'

उता बगलमा भुस्याहा कुकुरहरु सुकेको हड्डीमा ङ्ग्यार ङ्ग्यार ङ्गुर ङ्गुर गर्दै थिए । आकाश गड्याङ्ग गुडुङ्ग गर्दै थियो र पर क्षितिजमा बिजुली चम्किदै । मौसम खराब जो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कार्की
टंक कार्की
लेखकबाट थप