भारतीय र चिनियाँ रक्षामन्त्रीबीच वार्ता : सीमामा तनाव कम गर्न के भयो छलफल ?

भारतका रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री वेई फेङ्घेबीच शुक्रबार मस्कोमा भेटावार्ता भएको छ । दुई देशबीच सीमामा जारी तनावबीच भएको यस भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बीबीसी हिन्दीका अनुसार भेटवार्तामा भारतीय रक्षामन्त्री राजनाथ सिंहले चिनियाँ नेतासँग सीमामा स्थिति सामान्य राख्नय भारतीय सैनिकको व्यवहार जिम्मेवारीपूर्ण रहेको जिकिर गरेका थिए । साथै उनले ‘आफ्नो सम्प्रभुता र सीमाको रक्षाका लागि हाम्रो प्रतिबद्धतामा कसैले सन्देह नगर्न’ पनि स्पष्ट पारेका थिए ।
यति मात्र होइन, सिंहले लाइन अफ कन्ट्रोल नजिक ठूलो संख्यामा चीनका सैनिकहरुको तैनाथी र उसको गतिविधि र आक्रामक तौर तरिका दुई देशबीच बनेको सहमतिको उल्लङ्घन भएको बताएका थिए ।
भारतीय रक्षामन्त्रीले दुई देशका शीर्ष नेताहरुले विवादीत क्षेत्रमा शान्ति स्थापना गर्न सहमति जनाएकोमा जोड दिँदै दुई देशको आपसी सम्बन्धलाई बढावा दिन मतभेदलाई विवादको रुप दिन नहुने बताएका थिए ।
RM advised that it was important therefore that Chinese side should work with the Indian side for complete disengagement at the earliest from all friction areas including Pangong Lake as well as de-escalation in border areas in accordance with the bilateral agreements & protocols
— रक्षा मंत्री कार्यालय/ RMO India (@DefenceMinIndia) September 5, 2020
सिंहले चिनियाँ रक्षामन्त्रीलाई चीन र भारत मिलेर चाँडोभन्दा चाँडो तनावको स्थितिलाई सामान्य बनाउनुपर्ने उल्लेख गरेका थिए । यसका लागि पैङ्गोङ त्सो तालका साथै अन्य सीमामा सैन्य उपस्थितिलाई कम गर्नुपर्ने उनको भनाइ थियो । उनले अहिलेको स्थितिलाई समझदारीपूर्वक सम्हाल्नुपर्ने र कुनै पनि पक्षले स्थितिलाई जटिल बनाउने काम गर्न नहुने कुरा राखेका थिए ।
यता, साउथ चाइना मोर्निङ पोष्टले चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै पछिल्लो महिना सीमामा भएको तनावका लागि चीनले भारतलाई जिम्मेवार ठहराएको उल्लेख गर्दै चिनियाँ रक्षामन्त्रीले भारतीय रक्षामन्त्रीलाई तनाव कम गर्नका लागि अपिल गरेको समाचार प्रकाशित गरेको छ ।
दुई देशका रक्षामन्त्रीबीच शुक्रबार करिब दुई घण्टा लामो छलफल भएको थियो । छलफलमा चिनियाँ रक्षामन्त्रीले ‘सीमामा तनावको कारण र सत्यता प्रष्ट छ । यसको पूरा जिम्मेवार भारत हो’ भनेर भनेका थिए ।
फेङ्घेले भनेका थिए, ‘चीनले आफ्नो क्षेत्रको एक इन्च जमिन पनि छाड्न सक्दैन । राष्ट्रिय सम्प्रभुता र आफ्नो सीमाको रक्षा गर्नका लागि चीनको सेना पूर्णरुपमा प्रतिबद्ध, सक्षम र निश्चिन्त छ ।’
उनले शान्ति स्थापित राख्न भारतले तनावलाई बढावा नदिनेमा आशा व्यक्त गरे । उनले दुई देशको शीर्ष स्तरमा यस विषयमा सहमति बनेको र भारतले तनाव बढाउन र गलत तथ्यको प्रचार गर्न नहुने जिकिर गरेका थिए ।
भारत र चीनका सैनिकबीच गलवान घाटीमा भएको हिंस्रक झडपपछि दुई देशका शीर्ष नेता आमनेसामने भएर छलफल गरेको यो पहिलो अवसर थियो । १४–१५ जुनमा भएको हिंस्रक झडपमा भारतका २० सैनिक मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भर्सेस पाकिस्तान : कसको सेना कति बलियो छ?
-
गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश
-
ओलीलाई भेटेपछि एकीकृत समाजवादीका नेताहरूले भने– छलफल अत्यन्त सौहार्दपूर्ण भयो
-
रेशम चौधरीको पक्राउलाई ठुलो षड्यन्त्रको रुपमा लिएका छौँ : सीके राउत
-
शिक्षक र सरकारबिचको वार्ता सहमति नजिक
-
नागरिकको आवश्यकता बजेटबाट सम्बोधन गर्नुपर्छ : मन्त्री काफ्ले