अल्का अस्पतालमा कार्यरत कर्मचारीको शव लेलेको जंगलमा फेला

ललितपुरको अल्का अस्पतालमा कार्यरत सरसफाई कर्मचारी गीता केसीको शव गोदावरी नगरपालिका–१० मुलडोल स्थित सामुदायीक बनमा फेला परेको छ । भैंसेपाटी बस्दै आएकी ३९ बर्षिया केसी सम्पर्कबिहीन भएपछि तिन दिनअघि परिवारले महानगरीय प्रहरी परिसर ललितपुरमा ‘मानिस हराएको’ सूचना दिएका थिए । गीताको हत्या भएको आशंका गरिएको छ ।
घटना अनुसन्धानको सिलसिलामा मृतकका भतिजा निर्मल केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राईले जानकारी दिए ।
केसी ललितपुरस्थित अल्का अस्पताल–२ मा सरसफाई कर्मचारीको रुपमा कार्यरत थिइन् । हत्या आशंकामा भतिजा निर्मललाई प्रहरीले भैंसेपाटीबाट पक्रोको हो । मृतक पनि भैसेपाटीमा परिवारसँग बस्दै आएकी थिइन् ।
गएराति गोदावरीको मुख्य सड्कबाट २ सय मिटर भित्र शव फेला परेको थियो । शनिवार बिहान आफन्तले उनको सनाखत गरेका छन् । गीताको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’