अल्का अस्पतालमा कार्यरत कर्मचारीको शव लेलेको जंगलमा फेला
ललितपुरको अल्का अस्पतालमा कार्यरत सरसफाई कर्मचारी गीता केसीको शव गोदावरी नगरपालिका–१० मुलडोल स्थित सामुदायीक बनमा फेला परेको छ । भैंसेपाटी बस्दै आएकी ३९ बर्षिया केसी सम्पर्कबिहीन भएपछि तिन दिनअघि परिवारले महानगरीय प्रहरी परिसर ललितपुरमा ‘मानिस हराएको’ सूचना दिएका थिए । गीताको हत्या भएको आशंका गरिएको छ ।
घटना अनुसन्धानको सिलसिलामा मृतकका भतिजा निर्मल केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राईले जानकारी दिए ।
केसी ललितपुरस्थित अल्का अस्पताल–२ मा सरसफाई कर्मचारीको रुपमा कार्यरत थिइन् । हत्या आशंकामा भतिजा निर्मललाई प्रहरीले भैंसेपाटीबाट पक्रोको हो । मृतक पनि भैसेपाटीमा परिवारसँग बस्दै आएकी थिइन् ।
गएराति गोदावरीको मुख्य सड्कबाट २ सय मिटर भित्र शव फेला परेको थियो । शनिवार बिहान आफन्तले उनको सनाखत गरेका छन् । गीताको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण