सुदूरपश्चिमका अस्पतालमा १०२ जना कोरोना संक्रमितको उपचार हुँदै

कैलाली – सुदूरपश्चिम प्रदेशका बिभिन्न अस्पतालहरुमा १०२ कोरोना संक्रमितको उपचार भइरहेको छ ।
कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा ३६,टिकापुर ३१, महाकाली २०, अछाम १०, डोटी २, डडेल्धुरा २ र दार्चुला अस्पतालमा १ जनाको उपचार भइरहेको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ ।
१ हजार १८३ जना भने सामन्य उपचारपछि घरफर्कि सके भने शंकास्पद १४ जना आइसोलेसनमा छन ।
प्रदेशका ९ वटै जिल्लामा १०० आइृसोलेसन सेन्टरमा ३ हजार ९१८ बेडहरु छन । सो बेडमा २ सय ६८ पुरुष र १ सय ८१ म्हिला र होम आईसोलेसनमा १ सय ५७ जना रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थय महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले रातोपाटी लाई जानकारी दिए ।
हालसम्म ५ हजार १११ जना संक्रमित निको भएर घर गएका छन । शुक्रबार बिभिन्न अस्पतालबाट ६९ जना कोरोना जितेर घर गएको उनले बताए । यसअघि नै ११ जना संक्रमितको मृत्यु भइसकेको छ ।
अझै प्रदेशमा ८ सय ५४ जना सकृय संक्रमित रहेका छन । अछाम ७४, बैतडी५६, बझाङ्ग १०८, बाजुरा ८, डडेल्धुरा २०, दार्चुला ९, डोटी ८९, कैलाली ४३८ कंचनपुर ५२ जना सकृय संक्रमित रहेको उनले बताए ।
६५ हजार ६९८ नमुना जाच मध्य ५ हजार ९७६ मा संक्रमण पुस्टी भईसकेको छ भने ५९ हजार ७२२ नमुना नेगेटिभ आएको छ । ८ सय ५४ नमुनाको रिजल्ट आउन बाँकी छ ।
बितेको २४ घण्टामा बिभिन्न अस्पतालको कोरोना प्रयोग शालाबाट गरिएको नमुना परिक्षणमा ७ जनामा कोरोना संक्रमण पुस्टी भएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलले शुक्रवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने
-
भारतीय जासुसी ड्रोन खसालेको पाकिस्तानको दाबी
-
डाँडामा बसेर लाखौँ कमाउन सम्भव छः गगन थापा
-
विद्युत कटौती पछि स्पेन र पोर्चुगलको अवस्था कस्तो छ?
-
स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यकः मन्त्री पौडेल
-
विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र ऊर्जा थपेको छः सभापति देउवा