बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

युएईका जहाजका लागि बहराइनको आकाश खुल्ला

शुक्रबार, १९ भदौ २०७७, २३ : २०
शुक्रबार, १९ भदौ २०७७

बहराइन । खाडी राष्ट्र बहराइनले संयुक्त अरब ईमिरेट्स (युएई) का सबै हवाई जहाजलाई आफ्नो हवाई मार्गबाट ओहोर दोहोर गर्न खुला गरेको छ ।  बहराइन समाचार समितिले नागरिक उड्डयन विभागका अधिकारीको भनाई उद्धृत गर्दै युएईको अनुरोधमा यस्तो निर्णय गरिएको जनाएको छ । 

तर यो नियम युएई र इजरायलबीच हुने सिधा उडानमा पनि लागू हुने वा नहुने भन्ने अन्यौल कायमै छ । इजरायल र युएईबीच हालै दौत्य सम्बन्ध स्थापना हुनुका साथै दुबै देशबीच सिधा हवाई सेवा शुरु भएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप