बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युएईबाट काठमाडौंको लागि थप १० उडानको तालिका सार्वजनिक

शुक्रबार, १९ भदौ २०७७, २० : २२
शुक्रबार, १९ भदौ २०७७

युएई । सयुक्त अरब इमिरेट्स युएईबाट काठमाडौंको लागि थप १० उडान हुने भएको छ। युएईस्थित नेपाली दूतावासले आज एक सूचना जारी गर्दै थप १० उडान हुने  तालिका सार्वजनिक गरेको हो।

यस अघि गत बुधवार दूतावासले ५ देखि ३० सेप्टेम्बरसम्म १८ वटा नियमित उडान हुने सूचना प्रकाशित गरेको थियो।

नेपाल सरकारले सेप्टेम्बर ५ देखि ३० तारिखसम्म नेपाली नागरिक र तोकिएका विदेशी पर्यटकलाई मात्रै नेपाल लैजाने गरि नियमित रुपमा युएई–काठमाडौं उडान सञ्चालन गर्ने निर्णय गरेपछि दूतावासले आज शुक्रवार सूचना जारी गर्दै सेप्टेम्बरसम्मको उडान तालिका सार्वजनिक गरेको हो ।

दूतावासले नेपाल जानका लागि आफूलाई पायक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिन सकिने पनि जनाएको छ ।युएईबाट नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट समेत साथमा  लिनुपर्ने दूतावासको जारी सूचनामा जनाइएको छ । 

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेर तत्पश्चात उत्पन्न हुने बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्ने सूचनामा उल्लेख छ। यात्रुले नेपाल फर्किएपछि अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ।

थप १० उडान मध्ये हिमालय एयरलाइन्स ५,फ्लाइ दुबई ३ र एयर अरेबियाले ३ उडान भर्नेछन्।भने नेपाल एयरलाइन्सको १ उडान कटौती गरिएको छ। 

नेपाल एयरलाइन्सले सेप्टेम्बर ६, ८, १३, १५, २०, २२ र २७ मा दुबईबाट उडान भर्ने भएको छ । हिमालय एयरलाइन्सले अबुधाबीबाट सेप्टेम्बर ५,८,१२, १५ १९,२१,२२,२६ र २९ एयर अरेबियाले सेम्टेम्बर ६,१३,१८,२०,२७ र ३० मा सारजाहबाट उडान भर्ने छ भने फ्लाइ दुबईको जहाज सेप्टेम्बर ८,११,१५,२२,२५ र २९ मा दुबईबाट काठमाडौंको लागि उडान भर्नेछन्।

दूतावासको तथ्याङ्क हेर्दा कुल कामदार मध्ये १८ प्रतिशत नेपाली नेपाल फर्कन चाहन्छन् । हालसम्म दूतावासमा नेपाल फर्कन चाहने नेपालीको संख्या ४६ हजारको हाराहारीमा छ । यो संख्या अझै बढ्ने देखिन्छ। 

अहिले पनि वैदेशिक रोजगारीको शिलशिलमा युएईमा रहेका तीसौँ हजारौं नेपाली स्वदेश फर्कने दिन कुरिरहेका छन् भने १६ हजार भन्दा बढी नेपाली नेपाल फर्किसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप