चिनियाँ राष्ट्रपतिको पाकिस्तान भ्रमण स्थगित
एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङको पाकिस्तान भ्रमण तत्कालका लागि स्थगित भएको छ । कोरोनाभाइरसको महामारीबाट सृजित कठिन परिस्थितिका कारण उनको भ्रमण हाललाई स्थगित भएको पाकिस्तानका लागि चिनियाँ राजदूत याओ जिङ्ले जानकारी दिए ।
उनका अनुसार पाकिस्तान र चीन दुवै देशका कुटनीतिक अधिकारीहरुले उनको भ्रमणको नयाँ मितिका बारेमा छलफल गरिरहेका छन् र भ्रमण तालिका चाँडै नै सार्वजनिक गर्नेछन् । पाकिस्तानको गिजा महलमा भएको पत्रकार सम्मेलनमा उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको निमन्त्रणामा चिनियाँ राष्ट्रपति चिनफिङ पाकिस्तान भ्रमणमा आउने तयारी भएको जानकारी दिए ।
चीनका र भारतका बीचमा सिमा विवाद भइरहेका बेला उनको भ्रमण तय भएको र दुई देशको विवाद कायमै रहेका बेला विवादमा मुछिएको एउटा देशका प्रमुख अर्को तेस्रो देशको भ्रमणमा जान लागेको विषयलाई चासोका साथ हेरिएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा