प्रधानमन्त्रीलाई बुझाए खतिवडाले राजीनामा
काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । खतिवडाले शुक्रबार अपरान्ह बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माओलीलाई रजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । भोलिबाट खतिवडाको पदावधि सकिँदै थियो ।
खतिवडा गत फागुनमा राष्ट्रियसभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद बिहीन भएका थिए । संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्त्री बनेका खतिवडा मन्त्री भएको शनिवार ६ महिना पुग्दैछ । संविधानमा सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री पदमा रहन नपाउने व्यवस्था छ ।
प्रधानमन्त्रीलाई आफ्नो राजीनामा बुझाउनुअघि मन्त्री खतिवडाले मन्त्रालयका मातहतका कर्मचारीलाई सम्बोधन गर्दै आफुले आजै साँझ राजीनामा दिने बताएका थिए । त्यसक्रममा उनले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको तथा पदमा रहँदा कुनै लाभ लिने निर्णय नगरेको बताए । उनले आफ्नो कार्यकालमा भए गरेका कामहरुको संक्षिप्त विवरणहरु पेस गर्दै राम्रा कामले निरन्तरता पाउने अपेक्षा व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण