चन्द्रागिरीमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, दुई अभियुक्त पक्राउ
शुक्रबार, १९ भदौ २०७७, १६ : ३७
काठमाडौँ । सामूहिक बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटले मुगु सोरु गाउँपालिका– १० घर भई चन्द्रागिरी बस्ने वर्ष २८ को लोकेन्द्र बहादुर मल्ल र मुगु खत्याड गाउँपालिका– १० घर भई चन्द्रागिरि बस्ने वर्ष २३ को रतनबहादुर शाहीलाई पक्राउ गरेको हो ।
एक हप्ताअघि काठमाडौँको चन्द्रागिरि– १ दहचोक बस्ने एक महिलालाई उनीहरुले सामूहिक बलात्कार गरेका थिए । त्यसपछि उनीहरुविरुद्ध प्रहरीमा ती युवतीले जाहेरी दिएकी थिइन् ।
पक्राउ परेका उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको थानकोट प्रहरी प्रमुख घनश्याम श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि