शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘जात्रा’ पछिको शुन्यता : कर्फ्यूबीच यस्तो देखियो ललितपुर (फोटोफिचर)

शुक्रबार, १९ भदौ २०७७, १६ : १३
शुक्रबार, १९ भदौ २०७७

आज बिहान ४ बजेदेखि ललितपुर जिल्लामा कर्फ्यू जारी छ । पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उल्लंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो । 

यसैबीच, लामो समयदेखि रोकिएको रातो मच्छिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा भएको छ ।  कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको मच्छिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा ९ बजेर ३० मिनेटमा गरिएको हो । 

संक्रमणको जोखिम बढेसँगै स्थानीय प्रशासनको आग्रहमा रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निष्कर्षमा सरोकारवालाहरू पुगेका हुन् । रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि सरोकारवालाहरुको बैठक बसेका थियो ।

बैठकले आज क्षमा पूजा, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ । यसरी साइत हेरे पनि निस्किएको मितिमा मछिन्द्रनाथलाई बुंगमति लग्ने निर्णय गरिएको बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप