बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नैकापमा करेन्ट लागेर एक युवकको ज्यान गयो

शुक्रबार, १९ भदौ २०७७, १५ : ०१
शुक्रबार, १९ भदौ २०७७

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१४ नैकापमा हाइटेन्सन लाइनले छुँदा स्थानिय सुरेन्द्र महर्जनको ज्यान गएको छ । नैकपास्थित सार्वजनिक जग्गामा निर्माणाधिन चन्द्रागिरी स्पोर्ट्स क्लव भवनको माथिल्लो भागमा जाँदा हाइटेन्सनले छोएर २९ वर्षीय महर्जनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । करेन्ट लागेपछि उनलाई तत्काल कलंकीस्थित शहिद मेमोरियल अस्पताल लगिएको थियो । तर, डाक्टरले उनलाई बचाउन सकेनन् ।  

नगरपालिकाको अनुमति बिना क्लव भवन निर्माण हुँदै थियो । अन्तिम ढलानका लागी तयारी अवस्थामा राखिएको सो भवनको माथिबाट बिजुलीको तार लगिएको छ । ढलान गर्न तयार गरिएको क्लव भवनको माथि जाँदा उनको हातले हाइटेन्सन छुन पुगेको र दुर्घटना भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप