शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राहत बोकेर बाग्लुङको बाढी प्रभावित क्षेत्रमा गृहमन्त्री

शुक्रबार, १९ भदौ २०७७, १३ : ५३
शुक्रबार, १९ भदौ २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बाग्लुङको ढोरपाटन नगरपालिका स्थित बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

बिहिबार राती ढोरपाटन–९ स्थित बोबाङ, फलेघर र सुपुर्दुङ क्षेत्रमा बाढी र पहिरोले २४ जनालाई बेपत्ता बनाएको थियो । बोबाङमा १४ जनाको शव फेला परेको छ ।

नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमा सांसद देवेन्द्र पौडेल सहितको टोली लिएर बाग्लुङ पुगेका गृमन्त्री थापाले प्रभावित समुदायलाई राहत वितरण गरेका छन् ।

बादलले ढोरपाटन नगरपालिका वडा नम्बर–९, ८ र ७ का प्रभावित क्षेत्रको अवलोकन गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

बिहिबार खराब मौसमको कारण गृहमन्त्री ‘बादल’ सवार नेपाली सेनाको हेलिकप्टर पोखरामा रोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप