शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्फ्यु आदेशपछि ललितपुर क्षेत्र सुनसान

शुक्रबार, १९ भदौ २०७७, १३ : २९
शुक्रबार, १९ भदौ २०७७

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारी गरेपछि ललितपुर क्षेत्र सुनसान देखिएको छ । कोरोना संक्रमणको जोखिममा भिडभाड बढेको भन्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।  ललितपुर महानगरपालिका क्षेत्रको रिङरोड भित्र कर्फ्यु आदेश जारी भएको छ । आज विहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो ।

हिजो दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न निस्किएको स्थानीयको भिडलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपपछि सुरक्षा अधिकारीहरूको बैठकले कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेको भन्दै कर्फ्यु आदेश जारी गरेको हो । अहिले ललितपुर क्षेत्र सुनसान देखिएको छ ।

त्यहाँ सुरक्षा चेकजाँचमा पनि कडाई गरिएको छ । त्यसो त उपत्यका भित्र निषेधाज्ञा जारी नै छ । ललितपुरमा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि कफ्र्यु आदेश जारी गरिएको हो । ललितपुर पुरै जिल्ला नभएर बल्खु पुल, मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्रमा कफ्र्यु लगाइएको हो । कर्फ्यूको समयमा भेला, जम्मा, जुलुशलगायत गतिविधि गर्न पाईदैन । यस्तै कुटनीतिक नियोग, प्रेस, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरकारी सवारीहरूलाई आवागमनमा कुनै बाधा पर्ने छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप