बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अनामनगरमा छुरा प्रहार गरी श्रीमतीको हत्या

शुक्रबार, १९ भदौ २०७७, १२ : ५५
शुक्रबार, १९ भदौ २०७७

काठमाडौं । श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बर्दिया बाँसगढी नगरपालिका–९ घर भइ काठमाडौं महानगरपालिका–२९ अनामनगर डेरागरी बस्ने ३६ वर्षीय अजय बिकलाई प्रहरीले पक्राउ गरेको हो । उनले ३३ वर्षीया श्रीमती पार्वती खड्कालाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यता, धादिङको निलकण्ठ नगरपालिका–१३ खल्चेत बस्ने २६ वर्षीय राजु परियारलाई सोही ठाउँ बस्ने ६४ वर्षीय सोम बहादुर गुरुङको हत्या गरेको अभियोगमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । वादविवादको क्रममा राजुले गुरुङलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरे पश्चात जिल्ला प्रहरी कार्यालय धादिङ गई आफैले हत्या गरेको बताएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।  

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप