बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खेलाडीमाथि कोरोनाको कहर

केही चर्चित खेलाडीहरु, जो संक्रमित बने : यी खेलाडी बिते पनि !
शुक्रबार, १९ भदौ २०७७, १२ : २८
शुक्रबार, १९ भदौ २०७७

कोरोना भाइरसबाट विश्वका २ करोड ५० लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । विश्वका हरेक क्षेत्रलाई यसले प्रभावित तुल्याएको छ । यस मेसोमा खेलकुद जगत् पनि यसको असरबाट अछुुतो छैन । ओलम्पिक, युरोकप फुटबल र विश्वकप फुटबलको छनोटसहित धेरै खेल प्रतियोगिताहरु कोरोनाकै कारण स्थगित भइसकेका छन् । दर्शकबिना नै खाली रंगशालामा बल्लतल्ल फुटबल लिगहरु आयोजना गरिएका छन् । यस अवधिमा धेरै चर्चित खेलाडीहरु कोरोनाबाट संक्रमित भइसकेका छन् । कतिपय खेलाडी तथा प्रशिक्षकहरु कोरोना संक्रमणकै कारण ज्यान गुमाउन बाध्य भए । 

कोरोनाबाट संक्रमित भएका केही विश्वचर्चित खेलाडी यसप्रकार छन् –

उसेन बोल्ट

https://www.aljazeera.com

जमैकाका उसेन बोल्ट ब्रम्हाण्डकै तिव्रगतिका धावक मानिन्छन् । १ सय मिटर, २ सय मिटर र ४ गुणा १ सय मिटर दौडमा अहिले पनि बोल्टको नाममा विश्व कीर्तिमान छ । उनले ओलम्पिकमा ८ स्वर्ण जितिसकेका छन् । बोल्टमा गत साता कोरोना संक्रमण देखिएको थियो । जमैकामा आफ्नो ३४ औं जन्मदिनको पार्टी मनाएलगत्तै उनले समर्थकहरुलाई यस्तो जानकारी दिए ।

नेइमार

http://cdn28.us1.fansshare.com

नेइमार विश्वका सबैभन्दा महंगा फुटबलर हुन् । २२ करोड २० लाख युरोमा २०१७ मा उनी बार्सिलोनाबाट पेरिस सेन्ट जर्माइनमा आबद्ध भएका थिए । यति धेरै रकममा न त्यसअघि कुनै खेलाडीको स्थानान्तरण भएको थियो, न त्यसपछि नै भएको छ । यी ब्राजिली खेलाडीले यसै सिजन पेरिस सेन्ट जर्माइनलाई युरोपेली च्याम्पियन्स लिगको फाइनलमा पनि पुु¥याएका थिए, जहाँ उनको टोली जर्मनीको बार्यन म्युनिखसँग १–० ले पराजित भयो । उक्त हारको पीडा भुल्न नपाउँदै नेइमार कोरोनाबाट संक्रमित भएको खबर बाहिरिएको छ । पेरिस सेन्ट जर्माइनले बुधबार दिएको जानकारी अनुसार नेइमारसहित अन्य दुुई खेलाडी पनि संक्रमित छन् । दुुई अर्जेन्टिनी स्टार एन्जेल डि मारिया र लियन्द्रो पेरेडेस संक्रमित भएको बुझिएको छ । उनीहरु सबै च्याम्पियन्स लिग सकिएपछि विदा मनाउने क्रममा परिवार र साथीभाईको सम्पर्कमा पुुगेका थिए । कोरोनाबाट संक्रमित हुने फुटबलरको सुची भने लामै  छ । यसअघि नै म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा, युुभेन्टस्का पाओलो ड्याब्लालगायत थुप्रै खेलाडीमा कोरोना संक्रमण देखिइसकेको छ । ड्याब्ला संक्रमणमुक्त भइसकेका छन् । कोरोनाबाट संक्रमित भएका आर्सनलका प्रशिक्षक माइकेल अर्टेटाले निको भएर फर्किएपछि आफ्नो टोलीलाई कम्युनिटी शिल्ड जिताइसकेका छन् ।

क्रिकेटर

https://imgk.timesnownews.com

कोरोना संक्रमण पहिचान हुने क्रिकेटरको सुुची पनि लामै छ । पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीमा सबैभन्दा पहिले कोरोना संक्रमण पहिचान भएको थियो, उनी निको भइसकेका छन् । त्यसयता, महोम्मद हाफिज, फकर जमान, वहाव रियाज, मोहम्मद रिजवान, इमरान खानलगायत वर्तमान टोलीका ७ जनामा कोरोना संक्रमण देखियो । हाफिजमा संक्रमण देखिएको भोलिपल्टै नेगेटिभ नतिजा आएको थियो । उनले फेरि मैदान फर्किएर इङल्यान्डविरुद्ध टी–२० सिरिजअन्तर्गत टोलीलाई खेल जिताउने क्रममा ८६ रनको योगदान समेत गरे । दक्षिण अफ्रिकामा क्रिकेट खेलसँग सम्बन्धित ७ व्यक्तिमा कोरोना देखिएको त्यहाँ क्रिकेट संघले जानकारी दिएको छ । यता, भारतका पूर्व क्रिकेट चेतन चौहानको कोरोनाकै कारण मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु हुने चर्चित खेलाडी तथा खेलकर्मीको सुची यस्तो छ

उहानमा चिनियाँ बडिबिल्डर क्यु जुनको गत फ्रेब्रअरीमै कोरोनाका कारण निधन भएको थियो । ७२ वर्षीय जुन जीवनको उत्तराद्र्धमा बडिबिल्डिङमा लागेका थिए । उनी मृत्युुअघिसम्म पनि यही खेलमा सक्रिय थिए ।

स्पेनिस फुटबल प्रशिक्षक फ्रान्सिस्को ग्रासियाको १७ मार्चमा कोरोनाकै कारण मृत्यु भयो । २१ वर्षीय ग्रासिया मालागास्थित एथलेटिको पोर्टाडा क्लबको जुनियर टोलीका प्रशिक्षक थिए ।

५९ वर्षका स्पेनिस खेल पत्रकार होसे मारिया क्यान्डेलाको २० मार्चमा मृत्यु भयो । स्क्वास खेलका चर्चित पूर्व खेलाडी आजम खानको ९५ वर्षको उमेरमा मृत्यु भयो, यी पाकिस्तानी खेलाडीले १९५९ देखि १९६२ सम्म चारपटक ब्रिटिस ओपन च्याम्पियनसिप जितेका थिए ।

१९८४ को युरोपियन इन्डोर गेम्समा ८ सय मिटर दौडतर्फ स्वर्ण जितेकी इटालियन धाविका डोनाटो साबियाको ५६ वर्षको उमेरमा ८ अप्रिलमा मृत्यु भयो ।

स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको ७६ वर्षको उमेरमा मृत्यु भयो ।

५० वर्षीया पाकिस्तानी पूूर्व क्रिकेटर जाफर सरफराजको १२ अप्रिलमा पेशावरमा कोरोना संक्रमणकै कारण मृत्यु भयो ।

जापानी सुमो रेस्लर सोबुसी कान्जीको २८ वर्षकै उमेरमा कोरोनाका कारण ज्यान गयो ।

भारतीय फुटबलर ई हमसाकोयाको गत २६ जुनमा ६१ वर्षको उमेरमा ज्यान गयो ।

जुन १२ मा ५३ वर्षीय ईराकी फुटबलर अली हादी मोसिन र २१ जुनमा ५६ वर्षीय अहमद रादीको ज्यान गयो । अहमद रादी आफ्नो समयका एशियाकै उत्कृष्ट फरवार्ड थिए, उनी १९८८ मा एशियाली फुटबलर घोषित भएका थिए । विश्वकपमा ईराकले अहिलेसम्म गरेको एकमात्रै गोल उनकै नाममा छ ।

इजिप्टका फुटबलर प्रशिक्षक मोहम्मद अलोउसको ४४ वर्षको उमेरमा २९ जुनमा मृत्युभयो । भारतका पूर्व क्रिकेटर सञ्जय दोबालको ५३ वर्षको उमेरमा २९ जुनमा, भारतीय पारा–एथलिट रमेश टिकारामको ५१ वर्षको उमेरमा १६ जुनमा, बोलिभियाका फुटबल संघका प्रमुख सिसर सालिनासको ५८ वर्षको उमेरमा १९ जुलाईमा र भारतीय पूर्व क्रिकेटर चेतन चौहानको ७३ वर्षको उमेरमा १६ अगस्टमा मृत्यु भयो । क्रिकेटबाट सन्यास लिएपछि चौहान राजनीतिमा सक्रिय थिए । उनी १९९१ र १९९८ मा भारतको तल्लो सदन लोकसभामा निर्वाचित भएका थिए । २०१८ देखि २०२० सम्म उनी उत्तर प्रदेश राज्यमा युवा तथा खेलकुदमन्त्री थिए ।

अलजजिरा, द विक, आउटलुक लगायत एजेन्सीहरुको सहयोगमा अन्वेषण अधिकारीको प्रस्तुति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप