बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

किन खाली पेटमा दूध नपिउने ?

शुक्रबार, १९ भदौ २०७७, १२ : १९
शुक्रबार, १९ भदौ २०७७

आयुर्वेदका अनुसार यदि खाली पेटमा दूध पिउने गर्नुहुन्छ भने तपाईंलाई खोकी र चिसो लाग्न सक्छ । साथै, फ्लुको समस्या पनि हुनसक्छ । 

यसका साथै अन्य समस्याहरु पनि हुन सक्छन्ः

१. दिनभर आलस्य र थकान महसुस 
विज्ञानका अनुसार यदि तपाईं खाली पेटमा भारी आहारको सेवन गर्नुहुन्छ भने पचाउन समस्या हुन्छ । यदि तपाईं बिहान दूध पिउँदा दिनभर शक्ति प्राप्त हुन्छ भन्ने सोच्नुहुन्छ भने त्यो गलत हो । बिहानै दूध पिउँदा दिनभरी निन्द्रा लाग्ने र आलस्य हुने समस्या पैदा हुन्छ । 

२. पेटमा भारीपन महसुस
यदि तपाईं बिहान हरेक दिन दूध पिउनुहुन्छ भने तपाईंको पेटमा भारी महसुस हुन्छ । कहिले काँही खाली पेटमा दूध पिउँदा पेटमा गडबढी समेत पैदा गर्छ । पाचन तन्तुले दूध पचाउन नसक्दा पेटमा खराबी पैदा हुन्छ । त्यसैले राति सुत्नुभन्दा अगाडि दूध पिउने गर्नुपर्छ ।

३. मुड खराब गर्नसक्छ 
जो व्यक्ति बिहानै दूध पिउँछन् ती व्यक्तिहरुको मुखमा स्वाद बिगार्न पनि सक्छ । साथै, मुखको स्वादमा आउने परिवर्तनले मुड खराब हुने, चिढचिढावट हुने आदि समस्या पैदा गर्छ । त्यसैले दूध खाना खाएपछि पिउने गर्नुपर्छ र अलैँचीको धुलो, चक्लेट पाउडर आदि हालेर खान सकिन्छ । 

यसका साथै हाइपर एसिडिक समस्या भएका व्यक्तिहरुले क्याल्शियमको रुपमा चिसो दूध पिउँदा ग्यास र अपच जस्ता समस्या कम हुन्छ । यद्यपि, यो जब एसिडसँग मिसिन्छ तब नुनको रुपमा परिवर्तन हुन्छ जसले गर्दा एसिडिटीबाट राहत मिल्छ । दूध रातिमा पिउँदा फाइदाजनक हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप