हत्यापछि टाउको र खुर्पा बोकेर धादिङ प्रहरीमा पुगे एक युवक
काठमाडौँ । धादिङको निलकण्ठ नगरपालिका– १३ स्थित खलचेतमा एक पुरुषको हत्या भएको छ । गएराति २६ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेका हुन् ।
बिहीबार राति साढे १० बजे परियाले खुर्पाले हानेर गुरुङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई जानकारी दिए ।
राति करिव १ बजे हत्या गरेका युुवक स्वय आफैले गुरुङको टाउको र हत्यामा प्रयोग भएको खुर्पा बोकेर प्रहरी कार्यालयमा आत्मसमपर्णका लागि आएको एसपी रेग्मीले बताए ।
आन्तरिक विवाद बढ्दै गएपछि साथमा रहेको खुर्पाले काटेर गुरुङको हत्या गरेको परियारले प्रहरीलाई बताएका छन् । घटना हुनुअघि दुवै जनाले मदिरा सेवन गरेका थिए ।
सामान्य विवाद हुँदा गुरुङको हत्या भएको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रेग्मीले बताए । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र शव पोष्टमार्टमको लागि धादिङबेशी पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण