बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको कोरोना अस्पतालमा थप एक पूरुषको मृत्यु

शुक्रबार, १९ भदौ २०७७, १० : ५७
शुक्रबार, १९ भदौ २०७७

बुटवल – बुटवलमा आज थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

प्रदेशिक अस्पताल बुटवलकोद्धरा संचालित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. शुर्दशन थापाले रातोपाटीलाई बताए ।

 ती पुरुषलाई भदौ ४ गते लुम्बिनी प्रदेश अस्पतलामा ल्याएको थियो । ५ गतेदेखी कोरोना अस्पतालमा उपचार गरीएको अस्पतालले जनाएको छ । मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेका  ती विरामीलाई पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दे मृत्यु भएको डा.थापाले बताए ।

उनको मृत्युसगै बुटवलको कोरोना अस्पतालमा मृत्युहरुको संख्या ९ पुगेको छ । भने लुम्बिनी प्रदेशिक अस्पतालमा ३ जनाको मृत्यु भएको रेकर्ड छ । ती मध्ये ६ जना रुपन्देहीका ५जना कपिलबस्तु र एक जना प्युठान जिल्लाका रहेको अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप