इतिहासमा आज – उत्तरी भारतमा बाढीको वितण्डा, अधिकांश शहर पानीमुनी

आज सेप्टेम्बर ४ । सन् १९७८ मा बाढीले उत्तरी भारतका २ करोडभन्दा धेरै मानिसलाई घरबारविहीन बनायो । यस प्रकोपमा १ हजारभन्दा धेरैले ज्यान गुमाए । पश्चिम बंगाल राज्यका केही क्षेत्र १८ फिटसम्म डुुबानमा थिए ।
यमुना नदीमा बाढी सुरक्षित स्तरभन्दा ६ फिट माथि आएको थियो । जसकारण भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा २ लाख ५० हजार मानिसहरु घर छाडेर हिँड्नुप-यो । धार्मिक शहर बनारस यस बाढीबाट अत्याधिक प्रभावित क्षेत्रमध्येको एक थियो । गंगा किनारको यस शहरमा भवन र सडक बाढीले बगायो । टेलिफोन र विद्युतको लाईन काटियो । पश्चिम बंगाल राज्यमा मात्रै एक करोड ५० लाख मानिस यस बाढीबाट प्रभावित भएका थिए ।
अधिकांश कृषकहरुको बालिनाली सखाप भएको थियो । खानेपानीको स्रोतमा पनि क्षति पुुग्यो, बाढीका कारण सफा पानी फोहोर भइसकेको थियो । फोहोर पानी र दुर्गन्धकै कारण बाढी गएको लामो समयसम्म हैजा, टाइफाइडजस्ता संक्रामक रोग फैलने जोखिम देखियो । भारतीय एयरफोर्सले पीडितहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिरहेको थियो, त्यस्तै राहत सामाग्री वितरणमा अन्य सहयोगी संस्थाहरुले पनि साथ दिएका थिए । पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्रीका अनुसार यस राज्यमा क्षति पु-याउने सर्वाधिक ठूला प्राकृतिक दुर्घटनामध्ये यो एक थियो । २२ वर्षपछि अर्थात् सन् २००० मा फेरि पश्चिम बंगालमा यस्तै भयंकर बाढी आयो ।
अन्य घटनाक्रम
– ४ सेप्टेम्बर १५९६ मा जापानको दक्षिणी द्वीप क्युशुमा आएको सुनामीले ठूलो विध्वंश निम्त्याएको थियो । यसलाई मानिसको रेकर्डमा रहेको अहिलेसम्मकै सबैभन्दा ठूलो सुनामी मानिन्छ । यो सुनामी भूकम्पको कारण पैदा भएको थियो । क्युशु द्वीपको पूर्वतर्फ रहेको बेप्पुु खाडीमा भूकम्प आएको थियो । भूकम्पको तिव्रमा धेरै ठूलो थिएन, तर यसबाट पैदा भएको सुनामी खतरनाक साबित भयो । यस समय क्युशु द्वीको राजधानीमा झन्डै ५ हजार मानिस बस्थें, त्यसमध्ये १ हजारको मृत्यु भयो ।
– सन् १९९८ मा कालिफोर्नियामा ल्यारी पेज र सर्जी व्रिनले गुगल नामक एक कम्पनी सञ्चालनका लागि आवेदन दिए । केही समयपछि गुगल विश्वकै सबैभन्दा ठूलो सर्च इञ्जिन बन्यो । त्यसपछि गुगलले सर्च इन्जिनबाहेक अन्य टुुल्स पनि विकास ग-यो । अनि, इन्टरनेट दुनियाँकै शक्तिशाली ब्रान्ड बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
-
माछा मार्न गएका युवककाे मृत्यु
-
ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो
-
भीमबहादुर तामाङको स्मृतिमा भलिबल प्रतियोगिता