बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

दोलई खोलामा पहेँलो रङको कछुवा फेला

शुक्रबार, १९ भदौ २०७७, १० : २०
शुक्रबार, १९ भदौ २०७७

दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ मा पर्ने दोलई खोलामा  पहेँलो रङको कछुवा भेटिएको छ । 

स्थानीयवासी १७ वर्षीय देवीराम चौधरीले परम्परागत रुपमा माछा मार्ने क्रममा बिहीबार उक्त कछुवा भेटाएका हुन् ।
 
राप्ती गाउँपालिकाका प्रेस संयोजक तीर्थराज ज्ञवालीका अनुसार खोलामा भेटिएकोे कछुवा राप्तीमा गठित वडास्तरीय जलीय जैविक विविधता संरक्षण समूहले  सामुदायिक वन क्षेत्रको पोखरीमा छाडेको थियो । 

संरक्षण समूहका उपाध्यक्ष जगनारायण चौधरीले  उक्त कछुवा भद्दैर प्रजातिको लोपोन्मुख भएको र स्थानीय थारु समुदायमा सुपा जस्तो ठूलो हुने भएकाले सुप्पैहवासमेत भन्ने गरिएको जानकारी दिए । 

सो कछुवा १५ वर्षपछि दोलई खोलामा देखिएको हो ।  यसको तौल ३० केजीसम्म हुने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप