बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नारकोटिक्स कन्ट्रोल ब्यूरोले सुशान्तका म्यानेजरलाई हिरासतमा लियो, ड्रग्स मामिलामा पहिलो पटक रियाको घरमा पनि अनुसन्धान

शुक्रबार, १९ भदौ २०७७, १० : १८
शुक्रबार, १९ भदौ २०७७

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सुशान्तका म्यानेजर स्यामुअल मिरान्डालाई हिरासतमा लिएको छ । यसअघि मिरान्डाको घरमा अनुसन्धान गरिएको थियो । उता एनसीबीको समूहले रिया चक्रवर्तीको घरमा पनि अनुसन्धान गरिरहेको छ । एनसीबीले ड्रग्सको मामिलामा जैद विलात्रासमेत अहिलेसम्म पाँचजनालाई पक्राउ गरेको छ । उनीहरुले रिया, उनका भाइ शोविक र मिरान्डासँग सम्पर्क भएको कुरा स्विकार गरेका छन् ।

– एनसीबीको टीमले रिया र स्यामुअलको घरमा मोबाइल, हार्ड डिस्क र ल्यापटपको अनुसन्धान गर्यो । रियाको घरको अनुसन्धान पनि गरियो ।

– अनुसन्धानपछि शोविकलाई पनि हिरासतमा लिन सकिने बताइएको छ ।

– एनसीबी अपरेशन सेलका डेप्युटी डायरेक्टर केपीएस मल्होत्राले भने, ‘यो सबै एक प्रक्रिया अनुरुप भइरहेको छ ।’

ड्रग्सको मामिलामा अहिलेसम्म के भयो ?

– एनसीबीले पाँचजनालाई पक्राउ गरेको छ । बिहिबार जैद विलात्रालाई अदालतमा पेश गरिएको थियो । एनसीबीले अदालतसँग  १० दिनको रिमान्ड मागेको थियो तर ९ दिनको रिमान्ड पायो । जैदलाई १ सेप्टेम्बरमा मुम्बईबाट पक्राउ गरिएको थियो ।

– एनसीबीले ड्रग्सको मामिलामा अब्दुल बासित परिहारलाई पनि पक्राउ गरेको छ । स्रोतका अनुसार बासित  र जैदको कनेक्सन रियाका सहयोगी स्यामुअल मिरान्डासँग पनि रहेको छ । उनीहरुसँगको सोधपुछमा रिया र उनका भाइ शोविकको पनि नाम लिइएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप