शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कंगनाले मुम्बईको तुलना पाकिस्तान प्रशासित कश्मीरसँग गरेपछि हंगामा

शुक्रबार, १९ भदौ २०७७, ०८ : ५२
शुक्रबार, १९ भदौ २०७७

बलिउड फिल्म अभिनेत्री कंगना रनौतको एउटा ट्वीटका कारण सोसल मिडियामा हंगामा मच्चिएको छ ।

कंगनाले आफ्नो ट्वीटमा मुम्बईको तुलना पाकिस्तान प्रशासित कश्मीरसँग गरेकी छिन् ।

उनले ट्वीटरमा लेखेकी छिन्, ‘सञ्जय राउतले मलाई खुल्ला रुपमा धम्की दिएका छन् र मुम्बई नआउन भनेका छन् । मुम्बईका गल्लीमा ‘आजादी ग्राफिटी’ र अब खुल्ला धम्की, मुम्बई पाकिस्तान प्राशासित कश्मीरजस्तो अनुभव दिइरहेको छ ?’

यो ट्वीट कंगनाको टीम ट्विटर ह्यान्डलबाट गरिएको हो र साथै एक नीजि पत्रिकाको न्यूज क्लिप पनि राखिएको छ ।

उक्त खबरमा शिवसेना नेता सञ्जय राउतको बयानबारे कुरा गरिएको छ जसमा उनले भनेका छन्, ‘यदि मुम्बई प्रहरीसँग उनलाई डर लाग्छ भने मुम्बई नआए पनि हुन्छ ।’

कंगनाले पछि अर्को एउटा ट्वीट गरिन् जसमा लेखिएको छ, ‘एक ठूला स्टार मरेपछि मैले ड्रग र फिल्म माफियाको र्याकेटबारे आवाज उठाएँ । म मुम्बई पुलिसलाई विश्वास गर्दिनँ किनभने उनले सुशान्त सिंह राजपूतको ऊजुरीलाई नजरअन्दाज गरेका थिए । उनले सबैलाई भनेका थिए कि उनीहरुले उनलाई मारिदिनेछन् । यति भन्दा पनि उनलाई मारियो । म असुरक्षित महसुस गर्छु, के यसको यो अर्थ हो कि म फिल्म उद्योग वा मुम्बईलाई घृणा गर्छु ?’

उनको यो बयानपछि सोसल मिडियामा उनको ट्वीटलाई फिल्म अभिनेता आमिर खानको पुरानो बयानसँग तुलना गर्न सुरु गरिएको छ ।

वरिष्ठ पत्रकार राजदीप सारदेसाईले आमिर खानको नाम नलिइकनै ट्वीटरमा लेखे, ‘यदि मेरो नाम खान भएको भए र यदि म अभिनेता भएको भए र यदि मैले मुम्बईमा बस्दा मलाई पाकिस्तान अधिकृत कश्मीरजस्तो अनुभव भइरहेको छ भनेर लेखे कस्तो होला ? ध्यान आकर्षित गर्नका लागि जे पायो त्यहि बोल्नेहरुलाई पहिचान गर्ने बेला आएको छ ।’

यस्तै, बलिउडका थुप्रै कलाकारले मुम्बईको विषयमा ट्वीट गरेका छन् ।

अभिनेता सोनू सूदले ट्वीट गरे ।

बलिउड अभिनेता रितेश देशमुखले लेखे...

अभिनेत्री दिया मिर्जाले ट्वीट गरिन्, ‘मुम्बई मेरो जीवन हो । पछिल्लो २० वर्षदेखि यहाँ बसिरहेकी छु र काम गरिरहेकी छु । आफ्नै बलबूँतामा बस्नका लागि म १९ वर्षको उमेरमा यहाँ आएँ । यो शहरले मलाई दुबै हात फैलाएर अँगालो हाल्यो र मलाई सुरक्षित राख्यो । म महानगर, विविधताले भरिएको सुन्दर शहर ।’

अभिनेत्री स्वरा भास्करले मुम्बई र मुम्बई प्रहरीको समर्थनमा थुप्रै ट्वीट गरेकी छिन् र यसलाई अन्य मानिसहरुले पनि रिट्वीट गरेका छन् ।

स्वराले मुम्बई मेरो जीवन भन्दै लेखेकी छिन्, ‘मुम्बईमा बसेर म पछिल्लो एक दशकदेखि स्वतन्त्र रुपमा काम गर्ने एक बाहिरी महिलाको हैसियतले मात्र यो भन्न चाहन्छु कि मुम्बईमा बस्न र काम गर्नका लागि सबैभन्दा सजिलो र सुरक्षित शहरमध्ये एक हो । मुम्बईलाई सुरक्षित राख्नका लागि तपाईंको लगातारको कोसिस र सेवाका लागि मुम्बई प्रहरी, तपाईंलाई धन्यवाद ।’

स्ट्यान्ड अप कमेडियन कुणाल कामराले लेखेका छन्, ‘आफ्नो घरको तुलना पाकिस्तान अधिकृत कश्मीरसँग गर्ने भावना कसरी आउँछ ? मेरो पनि थुप्रै शो सूरतमा रद्द भए, बडोडामा रद्द भए । मैले कहिल्यै न त यी शहरको तुलना इस्लामावादसँग गरे न माफियासँग । सत्तासँग तपाईं असहमत हुन सक्नुहोला तर यो त हास्यास्पद हो ।’

अभिलाषा जाधवले लेखेकी छिन्, ‘सञ्जय राउत को हुन्, म्याम अघि बढ्दै गर्नुहोस् । हामी तपाईंको साथमा छौं ।’

अर्को एउटा ट्वीटमा प्रयोगकर्ताले शेफाली वैद्यले लेखिन्, ‘यो कस्तो बयान हो । कोही पनि नेताले आफ्ना कुनै पनि नागरिकलाई देशको कुनै पनि शहरमा नआउ भनेर कसरी भन्न सक्छ ।’

के हो पूरा मामिला ?

वास्तवमा पूरा विवाद फिल्म अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको छ ।

केही मिडिया रिपोर्टमा देखिए अनुसार सुशान्त सिंह राजपूतको मृत्यु र बलिउडमा ड्रग माफियाबीच कनेक्सन हुनसक्छ ।

त्यसपछि कंगनाले ट्वीटरमा लेखिन्, ‘यदि प्रहरीबाट सुरक्षा पाए बलिउड र ड्रग माफिया बीचको सम्बन्ध पर्दाफास गर्न सक्छु ।’

वास्तवमा पछिल्ला केही दिनदेखि कंगना आफ्नो गृहराज्य हिमाचल प्रदेशमा बसिरहेकी छिन् ।

पछि उनले लेखिन्, ‘मलाई माफिया र गुन्डाभन्दा बढी डर त मुम्बई प्रहरीसँग लाग्छ । मलाई हिमाचल प्रदेशको सरकारबाट सुरक्षा चाहिन्छ वा केन्द्र सरकारबाट सुरक्षा चाहिन्छ । मुम्बई प्रहरीको सुरक्षा चाहिँदैन ।’

उनको यो ट्वीटको जवाफमा सञ्जय राउतले भनेका थिए, ‘यदि तपाईंलाई मुम्बई प्रहरीसँग यति डर लाग्छ भने मुम्बई नआउनुहोस् ।’

फिल्म अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि अभिनेत्री कंगना रनौत सोसल मिडिया निकै आवाज उठाइरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप