बागलुङ बाढी : फोनले बच्यो धेरैको ज्यान
पोखरा – यहाँ बाढी आउँला भन्ने कल्पनासमेत गरिएको थिएन । भुजीखोला जति ठूलो आए पनि आसपासको क्षेत्र बगर बनाउने गरे पनि माथि नै आउने अवस्था थिएन । अहिले कसरी बस्तीमै आयो भन्ने कल्पनासमेत गर्न सकिएको छैन– उद्धारमा पुगेका अनिल विश्वकर्माले भने ।
स्थानीयवासीका अनुसार ढोरपाटन सिकार आरक्ष क्षेत्र नजिकैको सुर्तीवाङ लेकबाट खसेको पहिरोले थुनिएको सानो खोला एक्कासि खुल्दा खोलामा बाढी आएको हो । स्थानीय कल्याण कायतले बुधबार राति पानी परे पनि नदीमा त्यति ठूलो बहाव आउला भन्ने सोचेकै थिएनौँ, ढुङ्गा माटो सहितको पहिरोले थुनिएको खोला एक्कासि खुल्दा बहाव बढेर आए जस्तो लाग्यो भने ।
रातको समयमा माथिबाट बाढी आएको जानकारी तटीय क्षेत्रमा फल्लेघर क्षेत्रवासीले फोनमार्फत गराएपछि धेरै जना भागेका थिए । माथिबाट फोन आएकै कारण लाकुरीबोटमा धेरै भौतिक क्षति पुगे पनि मानवीय क्षति कम भएको छ, दुना पधेरामा फोन सम्पर्क नहुँदा भौतिक क्षति कम भए पनि मानवीय क्षति बढी भएको स्थानीय चेतबहादुर विकले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा चन्द्रप्रकाश शर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
-
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल